११ कार्तिक २०८३, बुधबार | October 28, 2026

१९ दिनमै सत्ताबाट बाहिरिन बाध्य जसपा ठाकुर पक्षको बैठक बस्दै



काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट एकमहिना नपुग्दै सरकारबाट बाहिरिन बाध्य जनता समाजवादी पार्टी जसपाको ठाकुर पक्षले बैठक बोलाएको छ ।

अदालतको आदेशपछिको अवस्थाबारे छलफल गर्न ठाकुर पक्षले आफुनिकट कार्यकारिणीको बैठक बोलाएको हो । बबरमहलस्थित पूर्वराजपाको कार्यकार्यालयमा दिउँसो १ बजे समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतले मंगलबार सरकारमा रहेका २० मन्त्रीको नियुक्ति खारेज गरेको थियो । जसमध्ये राजेन्द्र महतोसहित ११ जना ठाकुर पक्षका रहेका छन् । लामो समय सत्ताबाहिर रहेको आफ्नो समुहलाई सत्तामा पुर्याएर थामथुम पार्न खोजे पनि १९ दिनमै पदमुक्त हुनपरेपछि यो समुह संकटमा परेको छ ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता अध्यादेश ल्याएर ठाकुर पक्षलाई रिझाएका थिए । तर, सर्वोच्चले सो अध्यादेश कार्यान्वयनमा पनि रोक लगाइसकेका छ । आफ्ना मुद्दामा एक पछि अर्को अवरोध सिर्जना भएपछि ठाकुर पक्षले नयाँ रणनीति बारे छलफल गर्न लागेको हो ।

ओली सरकारमा जाने या नजाने भन्ने विषयबाट सुरु भएको विवाद पार्टी फुटसम्म पुगेको छ । जसपाको अर्को उपेन्द्र यादव पक्षको बहुमत रहेको आधिकारिक कार्यकारिणीले ठाकुर पक्षका कैयौं नेतालाई कारवाही गरेको छ ।

त्यसपछि यो पार्टीको विवाद विवाद निर्वाचन आयोगसम्म पुगेको छ । यादव पक्ष निर्वाचन आयोगमा ठाकुर पक्षलाई कारवाही गर्दै आधिकारिकताको दाबीसहित पुगेको छ । तर गत पुषमा भएको कार्यकारिणी बैठकबाट आफुले अधिकार प्राप्त गरेको भन्दै ठाकुरले यादव पक्षका २० जना कार्यकारिणी सदस्यलाई बर्खास्त गरेर आफ्ना मान्छे भर्ना गरेको दाबी गरेका छन् । यद्यपी दुवै पक्षले एक अर्का विरुद्ध गरेको कारवाहीलाई निर्वाचन आयोगले मान्यता दिएको छैन ।

 

 

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ११ : ११ बजे

परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

३३ अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

काठमाडौं ।। साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६