१९ असार २०८३, शुक्रबार | July 3, 2026

रौतहटको मौलापुर नगरसभामा प्रभु साह पक्षधर र विपक्षीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार



रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा पूर्वमन्त्री प्रभु साह र अन्य दलका कार्यकर्ताबीच झडप भएको छ ।

पाँचौं नगरसभा चलिरहेको बेलामा प्रभु साह पक्षधर एमाले कार्यकर्ता र विपक्षी दलका कार्यकर्ताहरुबीच ढुंगामुढा भएको हो ।

नगरसभामा बजेट पेश गर्ने र त्यसको विरोध गर्ने विपक्षी बीच झडप हुँदा झडपमा परेर ३ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घाइते प्रहरीको टाउको र हातमा चोट लागेका कारण उनीहरुलाई उपचारको लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ । प्ररहीले झडप रोक्न १० राउण्ड अश्रु ग्यांस प्रहार गरेको छ ।

मौलापुरमा साहकी श्रीमती रिनाकुमारी साह नगर प्रमुख रहेकी छिन् । नगरसभाको प्रमुख अतिथि प्रभु साह थिए । साह केही महिना अघि माओवादी केन्द्र परित्याग गरेर एमाले बनेका थिए ।

६ महिना मन्त्री समेत बनेका साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दल परित्याग गरेपछि पनि मन्त्री बनाएका थिए । तर सर्वोच्च अदालतको आदेशपछि साह मन्त्रीबाट बर्खास्त भएका छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  २ : ०५ बजे

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई