२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

रौतहटको मौलापुर नगरसभामा प्रभु साह पक्षधर र विपक्षीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार



रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा पूर्वमन्त्री प्रभु साह र अन्य दलका कार्यकर्ताबीच झडप भएको छ ।

पाँचौं नगरसभा चलिरहेको बेलामा प्रभु साह पक्षधर एमाले कार्यकर्ता र विपक्षी दलका कार्यकर्ताहरुबीच ढुंगामुढा भएको हो ।

नगरसभामा बजेट पेश गर्ने र त्यसको विरोध गर्ने विपक्षी बीच झडप हुँदा झडपमा परेर ३ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घाइते प्रहरीको टाउको र हातमा चोट लागेका कारण उनीहरुलाई उपचारको लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ । प्ररहीले झडप रोक्न १० राउण्ड अश्रु ग्यांस प्रहार गरेको छ ।

मौलापुरमा साहकी श्रीमती रिनाकुमारी साह नगर प्रमुख रहेकी छिन् । नगरसभाको प्रमुख अतिथि प्रभु साह थिए । साह केही महिना अघि माओवादी केन्द्र परित्याग गरेर एमाले बनेका थिए ।

६ महिना मन्त्री समेत बनेका साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दल परित्याग गरेपछि पनि मन्त्री बनाएका थिए । तर सर्वोच्च अदालतको आदेशपछि साह मन्त्रीबाट बर्खास्त भएका छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  २ : ०५ बजे

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ