७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री ओलीद्वारा चार मन्त्रीलाई बाँकी सबै मन्त्रालयको जिम्मेवारी थप



काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि २५ सदस्यीय मन्त्रिपरिषद् ५ सदस्यीय मात्र बन्न पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

रक्षा र परराष्ट्र मन्त्रालय आफैसँग राखेका प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थबाहेक गृह, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यस्तेै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई शिक्षाबाहेक स्वास्थ्य, वन तथा वातावरण, युवा तथा खेलकुद श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यसैगरी भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङलाई सञ्चार तथा सूचना प्रविधि , कृषि तथा पशुपन्छी विकास, खानेपानी र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ५ : २२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई