२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

प्रधानमन्त्री ओलीद्वारा चार मन्त्रीलाई बाँकी सबै मन्त्रालयको जिम्मेवारी थप



काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि २५ सदस्यीय मन्त्रिपरिषद् ५ सदस्यीय मात्र बन्न पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

रक्षा र परराष्ट्र मन्त्रालय आफैसँग राखेका प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थबाहेक गृह, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यस्तेै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई शिक्षाबाहेक स्वास्थ्य, वन तथा वातावरण, युवा तथा खेलकुद श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यसैगरी भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङलाई सञ्चार तथा सूचना प्रविधि , कृषि तथा पशुपन्छी विकास, खानेपानी र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ५ : २२ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३