३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

राष्ट्रपतिद्वारा असार १७ गते राष्ट्रियसभाको अधिवेशन आह्वान



काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसदको राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।

आगामी असार १७ गते अपरान्ह ४ बजे बस्ने गरी राष्ट्रपतिले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् । १० गते बसेको मन्त्रिपषिद्को सिफारिस अनुसार अधिवेशन आह्वन गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

संविधानमा संघीय संसदको अधिवेशन अघिल्लो अधिवेशन सकिएको ६ महिना भित्र बोलाउनै पर्ने प्रावधान छ । राष्ट्रियसभाको अघिल्लो अधिवेशन पुष २५ गते सकिएको थियो ।

पहिलो पटक प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको अधिवेशन बोलाउन सिफारिस गरेअनुसार राष्ट्रपतिले पुष १७ गते अधिवेशन बोलाएकी थिइन । तर, ओलीले गरेको प्रतिनिधिसभा विघटन विरुद्ध राष्ट्रियसभाका अधिकांश सांसदहरुले बैठकमा प्रश्न उठाउन थालेपछि एक साताभित्रै सो अधिवेशनको हठात अन्त्य गरिएको थियो ।

अहिले पनि अधिवेशन बोलाउनै पर्ने संवैधानिक बाध्यताका कारण राष्ट्रियसभाको अधिवेशन बोलाउन सरकार बाध्य भएको हो । यो अधिवेशन एक साता बढी चल्न सक्ने अवस्था छैन ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ६ : ३६ बजे

लेवनानमा नेपाली शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौं । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ ।

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

दाङ । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने

सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

कैलाली। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया

संसद्मा जनताका विषयवस्तु उठाएर मात्रै हुँदैन, कार्यान्वयन गर्नुपर्छ : सांसद कंसाकार

काठमाडौंं । प्रतिनिधिसभामा आएको दुई वर्षभयो । यो दुई वर्षको