८ माघ २०८२, बिहिबार | January 22, 2026

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा शत प्रतिशत मत खस्यो, मतगणना जारी



धनगढी । राष्ट्रिय सभाको तीन सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा भएको निर्वाचनमा शत प्रतिशत मतदान भएको छ । बुधबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचन अपरान्ह ३ बजेसम्म चलेको थियो ।

सो समयमा ५२ प्रदेशसभा सदस्य र १७५ स्थानीय तहका जनप्रतिनिधिसहित २२७ मतदाता मतदानमा सहभागी भएका प्रदेश निर्वाचन आयोगका प्रमुख प्रेमदत्त भट्टले बताए ।

उनका अनुसार अपरान्ह ३ बजेबाट मतगणना भएको छ । प्रदेशमा पाँच दलको गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा भएको छ ।

पाँच दलको गठबन्धनबाट नेपाली कांग्रेसका कैलालीका नारायणदत्त मिश्र अन्य, महिलातर्फ नेकपा ९एकीकृत समाजवादी० पार्टीका मदनकुमारी ९गरिमा० शाह र दलितमा नेकपा माओवादीका जगत पार्की उम्मेदवार छन् ।

त्यस्तै, नेकपा एमालेबाट अन्यमा डोटीका डिल्लीराज भट्ट, महिलामा कैलालीका सन्तोष कुमारी शर्मा थापा र दलितबाट बैतडीका नरेश विकले उम्मेदवार रहेका छन ।

राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ४ : ०१ बजे

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी । बेनी नगरपालिका-७ का समिर खान र यास्मिन बेगमले

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित