२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

४८ औं स्थापना दिवसमा औषधी व्यावसायी संघ रुपन्देहीद्धारा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । नेपाल औषधि व्यावसायी संघले ४८ औं स्थापना दिवसको अवसरमा रुपन्देही शाखामा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संघका संस्थापक अध्यक्ष स्व. पुष्पलाल राजभण्डारीको तस्बिरमा महासंघका निबर्तमान केन्द्रिय अध्यक्ष बाबुराम भट्टराईले विहिबार टीका तथा पुष्प गुच्छा अर्पण गरि रक्तदान कार्यक्रम शुभारम्भ गरेका थिए ।

पेशाको संवेदशिल प्रति सबै व्यावसायीहरु बुझनुपर्ने भन्दै उनले कोभिड-१९ संक्रमणको अहिलेको समयमा पनि अग्रपंतिमा रहेर व्यावसायीहरुबाट योगदान दिएको बताए ।

संघका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक गणेश प्रसाद सेढाईले नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सामरिक, आर्थिक, ब्यवसायीक, पर्यटकिय पहिचान बनाएको रुपन्देही पछिल्लोसमय सामाजिक क्षेत्रमा योगदान दिने रुपमा पनि अग्रसर रहेको बताए । संघका अध्यक्ष सुरज भट्टराईले व्यावसायी हितसंगै सामाजिक उत्तरदायित्व बहनमा आफुहरु निरन्तर लागेको बताए ।

मानव जिवनको महान दानमध्येमा रक्तदान सबैभन्दा पूण्य दान भएको भन्दै युवाहरुको अग्रसरता जरुरी रहेको बताए । कोभिड संक्रमणको जटिल परिस्थितिमा पनि रुपन्देहीका रक्तदाताहरुबाट देशकै लागि महत्वपूर्ण योगदान पुर्याएको उनले बताए ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ९ : १४ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज