८ बैशाख २०८१, शनिबार | April 20, 2024

जसपाको ठाकुर-महतो समूहमा गम्भीर असन्तुष्टि



काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले बिहीबार राखेको निवर्तमान सांसदहरूसँगको छलफल कार्यक्रम आठ जना निवर्तमान सांसदले वहिष्कार गरेका छन् ।

पार्टी दुई समूहमा विभाजित हुँदा यसअघि अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको पक्षमा २० निवर्तमान सांसद थिए । अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा १२ सांसद रहेका थिए । मन्त्री नबनाएको आक्रोश पोख्दै ती आठ सांसदले बैठक बहिष्कार गरेका हुन् ।

जसपा स्रोतका अनुसार प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, दुलारी देवी, विमल श्रीवास्तव, राजकिशोर यादव, चन्द्रकान्त चौधरी र नरमाया ढकालले छलफल कार्यक्रम बहिष्कार गरेका हुन् ।

राजकिशोर र विमल मन्त्री नियुक्त भएका थिए । पार्टी एकताको पक्षमा रहेका राजकिशोरले ठाकुर र महतोलाई आफ्नो नेता अस्वीकार गर्दै आएका छन् । उनी जसपा पार्टी एकताको पक्षमा रहेकाले ठाकुर र महतो पक्षले बोलाएको बैठकमा सहभागी नभएको उनीनिकट नेताले जनाएको छ ।

विमलले आफू वीरगन्जमा भएको र प्रमोदले आफू सर्लाहीमा भएकाले बैठकमा सहभागी नभएको राजधानीलाई बताएका छन् । तर, राजकिशोर र विमलबाहेकका अन्य ६ जना निवर्तमान सांसदले आफूलाई मन्त्री नबनाएको भन्दै ठाकुर र महतोले बोलाएको छलफल बहिष्कार गरेका छन् ।

ठाकुर र महतोले बोलाएको छलफल बहिष्कार गर्ने प्रमोद, विमल, राजकिशोर र चन्द्रकान्त निर्वाचित सांसद हुन् । अमृता, रानी, दुलारी र नरमाया समानुपातिक सांसद हुन् । पार्टी आधिकारिकताबारे विवाद चलिरहेको र उपेन्द्र समूहले आधिकारिता पाए र संसद् पुनस्र्थापना भए आफूहरूको सांसद पद नजोगिने भएकाले समानुपातिक तर्फका सांसदहरू उपेन्द्र समूहमा जाने विश्लेषण जसपाभित्र भइरहेको छ ।

बिहीबार तत्कालीन राजपाको पार्टी कार्यालय बबरमहलस्थित मधेस भवनमा भएको छलफलमा अगामी राजनीति यात्राबारे छलफल भएको छ । ठाकुर र महतोले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि कामचलाऊ बनेको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने अन्तरिम आदेश जारी गरेपछि अब कसरी अघि बढ्ने विषयमा छलफलमा जुटेका हुन् ।

ठाकुर र महतो समूहका नौ जना मन्त्री र दुई जना राज्यमन्त्री पदमुक्त भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी ठाकुर र महतो समूह पदमुक्त भएपछि आगामी रणनीति तय गर्न छलफलमा गरिरहेका छन् । उनीहरू कार्यकारिणी समितिका सदस्यसँगसमेत छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली नेतृत्वको गठबन्धनमा ठाकुर र महतो छन् । उता जसपाका अर्का अध्यक्ष यादव कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनमा रहेका छन् । प्रधानमन्त्री ओलीले एजेन्डाका हिसाबले अगामी दिनमा समेत सहकार्य गर्दै अगाडि बढ्नेबारेमा ठाकुरसँग छलफल गरेका थिए । सोही विषयमा ठाकुर र महतोले आफूनिकटका निवर्तमान सांसदसँग छलफल गर्दै राय बुझ्ने काम गरिरहेका छन् ।

अहिले जसपाभित्र पार्टी आधिकारिकताबारे समेत विवाद चलिरहेको छ । एकले अर्कालाई कारबाही गर्दै आफू नै आधिकारिक हो भन्दै विवाद निर्वाचन आयोगसम्म पुगेको छ । तर, निर्वाचन आयोगले आधिकारिताको विषयमा अझै निर्णय गर्न सकेका छैन । आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ६ : ३९ बजे

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर