६ बैशाख २०८३, आइतबार | April 19, 2026

कोपा अमेरिका : बोलिभियालाई हराउँदै उरुग्वे अन्तिम आठमा प्रवेश



काठमाडौं । उरुग्वेले कोपा अमेरिका फुटबलमा पहिलो जित निकालेको छ । पहिलो जितसहित उरुग्वे अन्तिम आठमा प्रवेश गरेको छ ।

शुक्रबार विहान सम्पन्न खेलमा उरुग्वेले बोलिभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा एडिनसन कभानीले एक गोल गरेका थिए भने एक गोल बोलिभियाका कार्लोस लाम्पेले आत्मघाती गोल गरेका थिए । यो जितपछि उरुग्वे नकआउट चरणमा पुगेको छ ।

उरुग्वेको ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित ४ अंक भएको छ । त्यस्तै बोलिभियाको भने यो लगातार तेस्रो हार हो । समुह ए मा रहेको उरुग्वेसहित यस समूहबाट अर्जेन्टिना, चिली पनि नकआउट चरण अर्थात क्वाटरफाइनलमा पुगिसकेका छन् ।

त्यस्तै समुह बि बाट भने अहिलेसम्म ब्राजिल र कोलम्बिया क्वाटरफाइनलमा पुगेका छन् । प्रतियोगिता अन्तरगत अहिले चिली र पाराग्वेबीचको खेल जारी छ । कुल दश टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजित छन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ६ : ४४ बजे

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका