११ चैत्र २०८२, बुधबार | March 26, 2026

ब्राउनसुगरसहित काँकडभिट्टाबाट एक जना पक्राउ



झापा । झापाको काँकडभिट्टाबाट ३९ ग्राम लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले मेचीनगर–५ पीपलचोकबाट २९ वर्षीय रामबहादुर निरौलालाई बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईका अनुसार संका लागेर चेकजाँच गर्दा उनको साथबाट ३९ ग्राम ब्राउनसुगर फेला परेको हो । उनका साथबाट प्रहरीले नापतौल गर्न प्रयोग हुने डिजिटल तराजु पनि बरामद गरेको छ ।

उनलाई अहिले लागुऔषध सम्बन्धी कसुरको मुद्दामा हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ७ : २१ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई