१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

ब्राउनसुगरसहित काँकडभिट्टाबाट एक जना पक्राउ



झापा । झापाको काँकडभिट्टाबाट ३९ ग्राम लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले मेचीनगर–५ पीपलचोकबाट २९ वर्षीय रामबहादुर निरौलालाई बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईका अनुसार संका लागेर चेकजाँच गर्दा उनको साथबाट ३९ ग्राम ब्राउनसुगर फेला परेको हो । उनका साथबाट प्रहरीले नापतौल गर्न प्रयोग हुने डिजिटल तराजु पनि बरामद गरेको छ ।

उनलाई अहिले लागुऔषध सम्बन्धी कसुरको मुद्दामा हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ७ : २१ बजे

धरौटीमा रिहा गर्ने आदेश भएको एक सातापछि दिपेश पुन धरौटी बुझाएर रिहा

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा

अवैध डेढ केजी बढी सुन र डेढ करोड रकम सहित सात जना पक्राउ

काठमाडौं ।अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(२४ स्थितबाट

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन