२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कोपा अमेरिका : पाराग्वेसँग चिली २-० गोलले पराजित



काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा चिली पराजित भएको छ । बिहीबार बिहान सम्पन्न खेलमा पाराग्वेले चिलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पाराग्वेका लागि ब्रायन सामुडियो र मिगुएल अल्मिरोनले गोल गरे । खेलको ३३ औं मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई २-० को जित दिलाए ।

जितसँगै समूह ’ए’ को पाराग्वेले ३ खेलबाट ६ अंक जोडेको छ । पाराग्वे यस अघि नै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हारसँगै चिलीले समूहको शीर्ष स्थानमा उक्लने मौकाभने गुमाएको छ । ४ खेल खेलेको चिलीको ५ अंक छ । तेस्रो स्थानको चिलीले यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ८ : ४७ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न