१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

देशकै ठूलो मानवनिर्मित तालमा ३५ सिट क्षमताको जेटबोट सञ्चालन



सर्लाही । सर्लाहीको वाग्मती नगरपालिका-४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ ।
बिहीबार एक कार्यक्रम आयोजना गरी वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले सो जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण गरेका हुन ।

पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ वाग्मती-४ मा निर्माण भएको भरत तालमा नेपालकै पहिलो ३५ सिट क्षमता भएको जेटबोट सञ्चालन गरिएको नगरप्रमुख थापाले जानकारी दिए ।

सो मानवनिर्मित तालमा विसं २०७८ वैशाख १ गतेदेखि वाग्मती इन्टरटेनमेन्ट प्रालिले दुईवटा मोटरबोट सञ्चालन गरेको थियो भने बिहीबारदेखि जेटबोट कुदाइएको नगरप्रमुख थापाले जानकारी दिए ।

सो ताल प्रदेश नं २ को पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको छ । तालमा विभिन्न ठाउँबाट दैनिक हजारौँ आन्तरिक पर्यटक आउने गरेको पाइएको छ ।

नगरप्रमुख थापाको विशेष पहलमा १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको सो तालकोे कूल गहिराइ ३५ फिट रहेको छ । तालको कूल लागत रु ६० करोड निर्धारण गरिएको छ भने हालसम्म रु ३७ करोड लगानी भइसकेको उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिए ।

गर्मी महिनामा मोटरबोट चढेर गर्मी भगाउन र मनोरञ्जन लिन तथा बिदाको दिन परिवारसहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक उक्त तालमा आउने गरेका छन् ।

लगभग १५ देखि १८ मिनेटसम्मको मोटरबोटको यात्रा सकिँदा पोखराको फेवातालभन्दा बढी मनोरञ्जन हुने पर्यटकको भनाइ छ । यस तालमा हंसराज प्रजातिको हाँससमेत पालिएको छ । उक्त हाँसले तालमा पौडी खेलेको दृश्य देख्दा मनै लोभिने गरेको पर्यटक बताउँछन् ।

तालमा केही समयपछि माछासमेत पालन गरिने नगरपालिकाले जनाएको छ । भरत ताल निर्माणको सम्पूर्ण काम करिब दुई महिनाभित्रमा सकिने नगरप्रमुख थापाले बताए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ९ : ५५ बजे

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक