६ पुस २०८२, आइतबार | December 22, 2025

प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदकका तर्फबाट आज बहस सकिँदै



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आज तेस्रो दिन पनि संवैधानिक इजलासमा बहस हुँदैछ ।

शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि निरन्तर बहसको क्रममा तेस्रो दिनको बहस सुरु भएको छ।

आज पनि रिट निवेदकका तर्फबाट २९ जना कानून व्यवसायीले बहस गर्दैछन् । रिट निवेदकका वकिलहरुले बहसका लागि ३ देखि ३० मिनेटसम्मको समय निर्धारण गरेका छन् । वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिसकृष्ण खरेलले आधा आधा घण्टा समय पाएका छन् भने पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले २५ मिनेटमा आफ्नो बहस सक्नेछन् । यस्तै, वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्य र बाबुराम कुँवरले २०÷२० मिनेट समय छुट्याइएको छ भने अधिवक्ता टीकाराम भट्टराईलाई १५ मिनेट समय छुट्याइएको छ ।

पहिलो चरणमा १२ घण्टाको समय पाएका रिट निवेदक पक्षले आज बहस आज सक्दैछन् । त्यसपछि आइतबारबाट विपक्षी बनाइएका सरकार पक्षका कानून व्यवसायीले बहस गर्नेछन् । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका वकिलहरुले बहस गर्नेछन् । त्यसपछि एमीकस क्यूरीका सदस्यहरुले २ घण्टा बहस गर्नेछन् भने रिट निवेदकका वकिलहरुले पुनः ३ घण्टा प्रतिउत्तर बहस गर्नेछन् ।

गत जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकराको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्दै आगमी कात्तिक मंसिरमा आम चुनावकको घोषणा गरेकी थिइन । संविधानको धारा ७६ ५ अनुसार १४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका शेरबहादुर देउवालाई दाबी नपुगेको जिकिर गर्दै राष्ट्रपतिले प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरु त्यस विरुद्ध सर्वोच्चमा रिट हालेका थिए । देउवासहित १४६ जना सांसदहरु अदालतमा सशरीर उपस्थित भएर रिट दर्ता गराएका थिए । प्रतिनिधिसभा विघटन विरुद्ध ३० वटा रिट परेका छन् । संवैधानिक इजलासमा अहिले देउवासहितका १४६ सांसदको तर्फबाट दायर रिटमाथि सुनुवाइ भैरहेको छ ।

सुनुवाइका लाग प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा, वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन गरिएको छ ।

 

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ११ : ३० बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको