७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदकका तर्फबाट आज बहस सकिँदै



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आज तेस्रो दिन पनि संवैधानिक इजलासमा बहस हुँदैछ ।

शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि निरन्तर बहसको क्रममा तेस्रो दिनको बहस सुरु भएको छ।

आज पनि रिट निवेदकका तर्फबाट २९ जना कानून व्यवसायीले बहस गर्दैछन् । रिट निवेदकका वकिलहरुले बहसका लागि ३ देखि ३० मिनेटसम्मको समय निर्धारण गरेका छन् । वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिसकृष्ण खरेलले आधा आधा घण्टा समय पाएका छन् भने पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले २५ मिनेटमा आफ्नो बहस सक्नेछन् । यस्तै, वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्य र बाबुराम कुँवरले २०÷२० मिनेट समय छुट्याइएको छ भने अधिवक्ता टीकाराम भट्टराईलाई १५ मिनेट समय छुट्याइएको छ ।

पहिलो चरणमा १२ घण्टाको समय पाएका रिट निवेदक पक्षले आज बहस आज सक्दैछन् । त्यसपछि आइतबारबाट विपक्षी बनाइएका सरकार पक्षका कानून व्यवसायीले बहस गर्नेछन् । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका वकिलहरुले बहस गर्नेछन् । त्यसपछि एमीकस क्यूरीका सदस्यहरुले २ घण्टा बहस गर्नेछन् भने रिट निवेदकका वकिलहरुले पुनः ३ घण्टा प्रतिउत्तर बहस गर्नेछन् ।

गत जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकराको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्दै आगमी कात्तिक मंसिरमा आम चुनावकको घोषणा गरेकी थिइन । संविधानको धारा ७६ ५ अनुसार १४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका शेरबहादुर देउवालाई दाबी नपुगेको जिकिर गर्दै राष्ट्रपतिले प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरु त्यस विरुद्ध सर्वोच्चमा रिट हालेका थिए । देउवासहित १४६ जना सांसदहरु अदालतमा सशरीर उपस्थित भएर रिट दर्ता गराएका थिए । प्रतिनिधिसभा विघटन विरुद्ध ३० वटा रिट परेका छन् । संवैधानिक इजलासमा अहिले देउवासहितका १४६ सांसदको तर्फबाट दायर रिटमाथि सुनुवाइ भैरहेको छ ।

सुनुवाइका लाग प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा, वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन गरिएको छ ।

 

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ११ : ३० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई