२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

कांग्रेस महाधिवेशन : निधि, कोइराला र सिंहबीच महाराजगन्जमा छलफल



काठमाडौं । नेपाली कांग्रेसमा वैकलल्पिक नेतृत्वको दाबी गरेका नेताहरुबीच आज पनि छलफल भएको छ ।

कांग्रेस उपभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज पनि छलफल भएको हो ।

१४औं महाधिवेशनमा पार्टी सभापति पदका दावेदार निधि, कोइराला र सिंहबीच तीन जनामध्ये एकजनामा सहमति गर्नेगरी छलफल भएको हो । यसअघि पनि तीनै जना नेताबीच छलफल भएको थियो ।

सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवाले पुनः उम्मेवदवार बन्ने घोषणा गरेका छन् । तर, आफ्ना निकट सहयोगी निधिले आफु पनि सभापतिमा उठ्ने निर्णय गरेपछि देउवा दबाबमा परेका छन् ।

दोस्रो पुस्ताका तीन नेताहरुबीच कुनै एकजनालाई सभापतिमा उठाउने सहमति भएमा त्यसले कांग्रेसमा हाल कायम रहेका मुख्य गुटलाई समेत प्रभावित पार्नेछन् । किनकी, हालसम्म कोइराला र सिंह रामचन्द्र पौडेल गुटमा रहेका छन् भने निधि संस्थापन गुटमा रहेका छन् । नेतात्रयबीच महाधिवेशनसम्मै छलफल गर्ने सहमति भएको छ ।

आजै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफु निकट नेताहरुको बैठक राखेका छन् । दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदैछ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १२ : ५४ बजे

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ

जिल्ला प्रशासन कार्यालय जाजरकोटको सेवा अब प्रिफ्याब भवनबाट

जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक