२५ चैत्र २०८२, बुधबार | April 8, 2026

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले भने – राष्ट्रपतिबाट बद्‍‍नियतपूर्ण निर्णय भयो



काठमाडौं ।  प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा आज पनि बहस जारी छ ।

आज पनि रिट निवेदक पक्षका कानूनव्यवसायीहरुले बहस गरिरहेका छन् । बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले स्पष्ट आधारसहित संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्रीका लागि दाबी परेपछि राष्ट्रपतिले नियुक्त गर्नुपर्ने व्यवस्था रहेको बताए ।

वरिष्ठ अधिवक्ता अर्यालले त्यस्तो व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गरी विश्वासको मत लिनका लागि संसद्‍मा पठाउनुपर्नेमा राष्ट्रपतिले बद्नियतपूर्वक निर्णय गरेको जिकिर गरे ।

अर्यालले विश्वसनीयता छ या छैन भनेर परीक्षण गर्ने अधिकार राष्ट्रपतिमा नभएको दाबी गरे । उनले भने, ुराष्ट्रपतिलाई बहुमतको विश्वसनीयता परीक्षण गर्ने विशेष अधिकार संविधानले दिएको छैन । त्यो अधिकार दिएको भए संविधानमै लेखिन्थ्यो ।’

अर्यालले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै नियुक्त गर्ने उद्देश्यले बद्नियत राखेको उनले तर्क गरे । ‘राष्ट्रपतिले संसद्‍मा जानका लागि बाटो फुकाइदिनुपर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका यौटा अध्यक्ष महन्थ ठाकुरले लेखेको पत्रलाई लाई आधार मानेर हतारहतारमा बद्नियतपूर्ण निर्णय गरेको उनले दाबी गरे ।

संविधान र कानुनअनुसार चल्नुपर्ने राष्ट्रपतिले यसरी बद्नियतपूर्वक निर्णयहरु गर्दैजाँदा त्यसले विनास मात्रै निम्त्याउने अर्यालले बताए । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, नागरिकतासम्बन्धी अध्यादेशलगायत ल्याउँदा पनि राष्ट्रपतिमा बद्नियत देखिएको अर्यालले जिकिर गरे ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १ : १४ बजे

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका