६ बैशाख २०८१, बिहिबार | April 18, 2024

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले भने – राष्ट्रपतिबाट बद्‍‍नियतपूर्ण निर्णय भयो



काठमाडौं ।  प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा आज पनि बहस जारी छ ।

आज पनि रिट निवेदक पक्षका कानूनव्यवसायीहरुले बहस गरिरहेका छन् । बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले स्पष्ट आधारसहित संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्रीका लागि दाबी परेपछि राष्ट्रपतिले नियुक्त गर्नुपर्ने व्यवस्था रहेको बताए ।

वरिष्ठ अधिवक्ता अर्यालले त्यस्तो व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गरी विश्वासको मत लिनका लागि संसद्‍मा पठाउनुपर्नेमा राष्ट्रपतिले बद्नियतपूर्वक निर्णय गरेको जिकिर गरे ।

अर्यालले विश्वसनीयता छ या छैन भनेर परीक्षण गर्ने अधिकार राष्ट्रपतिमा नभएको दाबी गरे । उनले भने, ुराष्ट्रपतिलाई बहुमतको विश्वसनीयता परीक्षण गर्ने विशेष अधिकार संविधानले दिएको छैन । त्यो अधिकार दिएको भए संविधानमै लेखिन्थ्यो ।’

अर्यालले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै नियुक्त गर्ने उद्देश्यले बद्नियत राखेको उनले तर्क गरे । ‘राष्ट्रपतिले संसद्‍मा जानका लागि बाटो फुकाइदिनुपर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका यौटा अध्यक्ष महन्थ ठाकुरले लेखेको पत्रलाई लाई आधार मानेर हतारहतारमा बद्नियतपूर्ण निर्णय गरेको उनले दाबी गरे ।

संविधान र कानुनअनुसार चल्नुपर्ने राष्ट्रपतिले यसरी बद्नियतपूर्वक निर्णयहरु गर्दैजाँदा त्यसले विनास मात्रै निम्त्याउने अर्यालले बताए । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, नागरिकतासम्बन्धी अध्यादेशलगायत ल्याउँदा पनि राष्ट्रपतिमा बद्नियत देखिएको अर्यालले जिकिर गरे ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १ : १४ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी