१६ बैशाख २०८१, आइतबार | April 28, 2024

कोरोना विरुद्धको चिनियाँ ‘भेरोसेल’ खोपको दोस्रो डोज असार २२ देखि लगाइने



काठमाडौं । कोरोना भाइरस विरुद्धको चिनियाँ भेरोसेल खोप लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ ।

गत जेठ २५ गतेदेखि २९ गतेसम्म खोप पहिलो डोज खोप लगाएका नागरिकलाई असारको अन्तिम साता दोस्रो डोज खोप लगाइने भएको हो । स्वास्थ्य सेवा विभागको खोप शाखाका अनुसार ३ लाख ७० हजार नागरिकले भेरोसेलको पहिलो डोज खोप लगाएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिङफिङले घोषणा गरेअनुसार चीन सरकारबाट अनुदानमा प्राप्त १० लाख डोज खोपमध्ये सरकारले ६० वर्षदेखि ६४ वर्ष उमेर समुहका नागरिकलाई खोप लगाइएको थियो । भेरोसेलको पहिलो डोल लगाएको चार हप्तामा दोस्रो डोज लगाउनुपर्छ ।

अनुदानमा प्राप्त चिनियाँ खोप सरकारले दोस्रो डोज समेत लगाउन पुग्ने गरी अड्कलेर लगाएको थियो । यसअघि भारतीय कोभिसिल्ड खोप तत्कालै आइहाल्छ भन्ने भ्रममा झण्डै १७ लाख पहिलो डोज खोप लगाईंदिँदा स्टक अभावका कारण झण्डै साढे १३ लाख जेष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन पाएका छैनन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ३ : ५७ बजे

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन