७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कांग्रेसको पौडेल समुहद्वारा महाधिवेशन केन्द्रित छलफल, को को भए उपस्थित ?



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको तिथि निश्चित भएसँगै पार्टीभित्रको राजनीतिक सरगर्मी दिनदिनै बढिरहेको छ ।

कांग्रेसका दोस्रो पुस्ताका नेतात्रय विमलेन्द्र निधि, सशांक कोइराला र प्रकाशमान सिंहबीच भएको छलफल लगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु निटक नेताहरुसँग छलफल गरेका छन् ।

काठमाडौंको बसुन्धरास्थित एक पार्टी प्यालेसमा आयोजित पौडेल समुहको छलफलमा आसन्न महाधिवेशनको तयारी नीति र नेतृत्वबारे छलफल भएको छ । कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

महाधिवेशनमा आफ्नो समुहबाट सभापतिमा उम्मेदवारी दाबी गरेका पौडेलले आफु निकट नेताहरुको समर्थनको खोजी गरेका छन् । तर, पौडेल समुहबाटै महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, सुजाता कोइराला, शेखर कोइराला लगायतका नेताहरुले पनि सभापतिको दाबेदारी गरिरहेका छन् ।

छलफलमा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष प्रकाशमान सिंह, सीतादेवी यादव, शेखर कोइराला लगायतका नेता सहभागी छन् । यसैगरी रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलबहादुर घर्ती, हृदयराम थानी, गगन थापा, प्रदीप पौडेल, धनबहादुर गुरुङ, कल्याण गुरुङ, बद्री पाण्डे, गुरु घिमिरे, जीवन परियार र कमला पन्त उपस्थित छन्।

 

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ४ : १८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल