१९ बैशाख २०८३, शनिबार | May 2, 2026

कांग्रेसको पौडेल समुहद्वारा महाधिवेशन केन्द्रित छलफल, को को भए उपस्थित ?



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको तिथि निश्चित भएसँगै पार्टीभित्रको राजनीतिक सरगर्मी दिनदिनै बढिरहेको छ ।

कांग्रेसका दोस्रो पुस्ताका नेतात्रय विमलेन्द्र निधि, सशांक कोइराला र प्रकाशमान सिंहबीच भएको छलफल लगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु निटक नेताहरुसँग छलफल गरेका छन् ।

काठमाडौंको बसुन्धरास्थित एक पार्टी प्यालेसमा आयोजित पौडेल समुहको छलफलमा आसन्न महाधिवेशनको तयारी नीति र नेतृत्वबारे छलफल भएको छ । कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

महाधिवेशनमा आफ्नो समुहबाट सभापतिमा उम्मेदवारी दाबी गरेका पौडेलले आफु निकट नेताहरुको समर्थनको खोजी गरेका छन् । तर, पौडेल समुहबाटै महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, सुजाता कोइराला, शेखर कोइराला लगायतका नेताहरुले पनि सभापतिको दाबेदारी गरिरहेका छन् ।

छलफलमा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष प्रकाशमान सिंह, सीतादेवी यादव, शेखर कोइराला लगायतका नेता सहभागी छन् । यसैगरी रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलबहादुर घर्ती, हृदयराम थानी, गगन थापा, प्रदीप पौडेल, धनबहादुर गुरुङ, कल्याण गुरुङ, बद्री पाण्डे, गुरु घिमिरे, जीवन परियार र कमला पन्त उपस्थित छन्।

 

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ४ : १८ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय