८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रधानमन्त्री ओलीले भने – अहिले राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चलेको छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई अहिले चिथोर्ने क्रम बढेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्धारा सम्पादित एवं प्रकाशित पुस्तकहरुको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षी नेताहरुले राष्ट्रपतिलाई चिथोर्न प्रतिस्पर्धा चलाइरहेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले भने ओलीले भने, ‘अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ । मैले एकपटक भनेको थिएँ नि, रिसाएको बिरालोले खाँबो चिथोर्छ । अहिले राष्ट्रपति विरुद्ध त्यस्तै भैरहेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुखछाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन चलेको छ । हिजो पनि केही भुतपुर्वहरुको लस्करले मिट त प्रेस गरेको देखेको थिएँ मैले । त्यसमा पनि राष्ट्रपति भन्दा राजा राम्रो भन्ने सम्म उहाँहरु पुग्नुभयो ।’

ओलीले आफुलाई लोकतन्त्रवादी भन्नेहरु नै अहिले राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्ने काममा सक्रिय भएको आरोप लगाए । गणतन्त्रप्रतिको गैहभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरुले त्यसो गरेको तर्क प्रधानमन्त्रीले गरे ।

प्रधानमन्त्री ओलीले न्यायलयको निश्पक्षतामाथि पनि गम्भीर प्रश्न खडा भएको बताए । ओलीले न्यायालयले निर्णय गर्नुपुर्व नै सोबारे पूर्वानुमान गरिनुले शंका उब्जाएको जिकिर गरे । सर्वोच्च अदालतले जेठ २१ र २७ गते गरिएको मन्त्रिपरिषद् विस्तारलाई संविधान अनुकुल नभएको भन्दै २० जना मन्त्रीलाई पदमुक्त गर्ने अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको आदेशबाट असन्तुष्ट भएका प्रधानमन्त्री ओलीले फैसलामा सेटिङ भएको हुनसक्ने अनुमान गरे ।

फैसला हुनुअघिल्लो दिन धादिङमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतले गर्नसक्ने संभावित निर्णयबारे दिएको अभिव्यक्तिलाई ओलीले संकेत गरेका हुन् । उनले प्रचण्डको नाम नलिइ भने, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि गजबै छ । धादिङमा अघिल्लै दिन भने, भोलि अदालतले हटाउँदैछ भन्ने सुचना मैले पाएको छु । न्याय निश्पक्ष निरुपण भयो कि अरु नै हिसाबले ? एउटा चर्चा हल्ला छ नि, सेटिङ सेटिङ भन्ने शब्द खुब चल्छ , नत्र भोेलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो । कसरी त्यो भयो त ? एउटा गम्भीर प्रश्न छ ।’

प्रधानमन्त्री ओलीले प्रजातन्त्र र संविधानका विरुद्ध अराजकता ल्याउन खोज्ने विरुद्ध एकजुट हुन महन्त ठाकुरलाई साथमा लिएको दाबी गरे ।

‘उहाँहरुले महन्त ठाकुरजी लाई प्रधानमन्त्री बन्दिनोस् भन्दा सही हुन्छ । मैले महन्तजीलाई साथ लिएँ भने गलत ? मैले उहाँलाई लिड गरिदिनोस् हामीलाई भनेको त छैन’, उनले भने, ‘उहाँहरुसँग कुनै एग्रिमण्ट पनि गरेको छैन । मैले डेमोक्रेसीका विरुद्ध, संविधानका विरुद्ध नेपालमा जस्तो अराजकता ल्याउन खोजिएको छ त्यसको विरुद्ध उहाँहरुको साथ लिएँ ।’

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ६ : ५७ बजे

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले