७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री ओलीले भने – अहिले राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चलेको छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई अहिले चिथोर्ने क्रम बढेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्धारा सम्पादित एवं प्रकाशित पुस्तकहरुको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षी नेताहरुले राष्ट्रपतिलाई चिथोर्न प्रतिस्पर्धा चलाइरहेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले भने ओलीले भने, ‘अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ । मैले एकपटक भनेको थिएँ नि, रिसाएको बिरालोले खाँबो चिथोर्छ । अहिले राष्ट्रपति विरुद्ध त्यस्तै भैरहेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुखछाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन चलेको छ । हिजो पनि केही भुतपुर्वहरुको लस्करले मिट त प्रेस गरेको देखेको थिएँ मैले । त्यसमा पनि राष्ट्रपति भन्दा राजा राम्रो भन्ने सम्म उहाँहरु पुग्नुभयो ।’

ओलीले आफुलाई लोकतन्त्रवादी भन्नेहरु नै अहिले राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्ने काममा सक्रिय भएको आरोप लगाए । गणतन्त्रप्रतिको गैहभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरुले त्यसो गरेको तर्क प्रधानमन्त्रीले गरे ।

प्रधानमन्त्री ओलीले न्यायलयको निश्पक्षतामाथि पनि गम्भीर प्रश्न खडा भएको बताए । ओलीले न्यायालयले निर्णय गर्नुपुर्व नै सोबारे पूर्वानुमान गरिनुले शंका उब्जाएको जिकिर गरे । सर्वोच्च अदालतले जेठ २१ र २७ गते गरिएको मन्त्रिपरिषद् विस्तारलाई संविधान अनुकुल नभएको भन्दै २० जना मन्त्रीलाई पदमुक्त गर्ने अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको आदेशबाट असन्तुष्ट भएका प्रधानमन्त्री ओलीले फैसलामा सेटिङ भएको हुनसक्ने अनुमान गरे ।

फैसला हुनुअघिल्लो दिन धादिङमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतले गर्नसक्ने संभावित निर्णयबारे दिएको अभिव्यक्तिलाई ओलीले संकेत गरेका हुन् । उनले प्रचण्डको नाम नलिइ भने, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि गजबै छ । धादिङमा अघिल्लै दिन भने, भोलि अदालतले हटाउँदैछ भन्ने सुचना मैले पाएको छु । न्याय निश्पक्ष निरुपण भयो कि अरु नै हिसाबले ? एउटा चर्चा हल्ला छ नि, सेटिङ सेटिङ भन्ने शब्द खुब चल्छ , नत्र भोेलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो । कसरी त्यो भयो त ? एउटा गम्भीर प्रश्न छ ।’

प्रधानमन्त्री ओलीले प्रजातन्त्र र संविधानका विरुद्ध अराजकता ल्याउन खोज्ने विरुद्ध एकजुट हुन महन्त ठाकुरलाई साथमा लिएको दाबी गरे ।

‘उहाँहरुले महन्त ठाकुरजी लाई प्रधानमन्त्री बन्दिनोस् भन्दा सही हुन्छ । मैले महन्तजीलाई साथ लिएँ भने गलत ? मैले उहाँलाई लिड गरिदिनोस् हामीलाई भनेको त छैन’, उनले भने, ‘उहाँहरुसँग कुनै एग्रिमण्ट पनि गरेको छैन । मैले डेमोक्रेसीका विरुद्ध, संविधानका विरुद्ध नेपालमा जस्तो अराजकता ल्याउन खोजिएको छ त्यसको विरुद्ध उहाँहरुको साथ लिएँ ।’

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ६ : ५७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई