७ आश्विन २०८३, बुधबार | September 23, 2026

कर्णाली प्रदेशसभाका एमाले नेपाल पक्षीय ३ सांसद पुनः निलम्बित



सुर्खेत । सर्वोच्च अदालतको आदेशमा पुनर्वाहालीमा परेका कर्णाली प्रदेशसभाका ४ सांसद मध्य तीन जना सांसद पुनः निलम्बनमा परेका छन् । पार्टीको ह्वीप उलंघन गरी ‘फ्लोर क्रस’ गरेको अभियोगमा एमालेको पत्रका आधारमा नेपाल पक्षका चारजना मध्ये सरकारमा रहेका तीन जनालाई प्रदेशसभा सचिवालयले निलम्बन गरेको हो । उनीहरुले गत वैशाख ३ गते पार्टी निर्देशन विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाही शाहीलाई विश्वासको मत दिएका थिए ।

नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक विकास मन्त्री अमरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई एक महिनाका लागि निलम्बन गरिएको पत्रका आधारमा प्रदेशसभा सचिवालयले उनीहरुको प्रदेशसभा सदस्य निलम्बन गरेको हो । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा एमालेको कारवाहीको पत्रका आधारमा निलम्बन गरिएको उल्लेख गरिउको छ ।

यसअघि पनि उनीहरुलाई सांसदबाट निलम्बन गर्दा सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो । एमाले संसदीय दलले पुनर्बहालीपछि दलको सदस्यका रुपमा राजीनामा दिन पटक–पटक आग्रह र निर्देशन दिए पनि उनीहल्े निर्देशनको अवज्ञा गर्दै आएका थिए ।

निलम्बित सांसदहरुले सर्वोच्च अदालतले एमालेको परिवर्तित सांगठानिक संरचनालाई अस्विकार गरेको भन्दै २०७५ जेठ अगाडिको कमिटीले निर्देशन दिएमा पालना हुने बताउँदै आएका छन् ।

कर्णाली प्रदेशसभामा बजेट प्रस्तुतपछि हालसम्म सहज रुपमा सदन चल्न सकिरहेको छैन् । एमालेले सरकारमा दुईवटा एमाले नभएका कारण यो राजनीतिक मुद्दा किनारा नलागेसम्म सदन चल्न नदिने बताउँदै आएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ९ : ५८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई