२० बैशाख २०८१, बिहिबार | May 2, 2024

कर्णाली प्रदेशसभाका एमाले नेपाल पक्षीय ३ सांसद पुनः निलम्बित



सुर्खेत । सर्वोच्च अदालतको आदेशमा पुनर्वाहालीमा परेका कर्णाली प्रदेशसभाका ४ सांसद मध्य तीन जना सांसद पुनः निलम्बनमा परेका छन् । पार्टीको ह्वीप उलंघन गरी ‘फ्लोर क्रस’ गरेको अभियोगमा एमालेको पत्रका आधारमा नेपाल पक्षका चारजना मध्ये सरकारमा रहेका तीन जनालाई प्रदेशसभा सचिवालयले निलम्बन गरेको हो । उनीहरुले गत वैशाख ३ गते पार्टी निर्देशन विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाही शाहीलाई विश्वासको मत दिएका थिए ।

नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक विकास मन्त्री अमरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई एक महिनाका लागि निलम्बन गरिएको पत्रका आधारमा प्रदेशसभा सचिवालयले उनीहरुको प्रदेशसभा सदस्य निलम्बन गरेको हो । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा एमालेको कारवाहीको पत्रका आधारमा निलम्बन गरिएको उल्लेख गरिउको छ ।

यसअघि पनि उनीहरुलाई सांसदबाट निलम्बन गर्दा सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो । एमाले संसदीय दलले पुनर्बहालीपछि दलको सदस्यका रुपमा राजीनामा दिन पटक–पटक आग्रह र निर्देशन दिए पनि उनीहल्े निर्देशनको अवज्ञा गर्दै आएका थिए ।

निलम्बित सांसदहरुले सर्वोच्च अदालतले एमालेको परिवर्तित सांगठानिक संरचनालाई अस्विकार गरेको भन्दै २०७५ जेठ अगाडिको कमिटीले निर्देशन दिएमा पालना हुने बताउँदै आएका छन् ।

कर्णाली प्रदेशसभामा बजेट प्रस्तुतपछि हालसम्म सहज रुपमा सदन चल्न सकिरहेको छैन् । एमालेले सरकारमा दुईवटा एमाले नभएका कारण यो राजनीतिक मुद्दा किनारा नलागेसम्म सदन चल्न नदिने बताउँदै आएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ९ : ५८ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य