१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

रुपन्देहीमा सुरु भयो घरभाडा छुट दिने अभियान, कंडेल र न्यौपानेद्वारा भाडा छुटको घोषणा



बुटवल। तिलोत्तमा चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष झविन्द्रप्रसाद कंडेल र संस्थाका द्वितीय उपाध्यक्ष नेत्रप्रसाद न्यौपानेले निषेधाज्ञा अवधिको घरभाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

कंडेल र न्यौपानेले करिव एक दर्जन व्यावसायिक सटर भाडामा लगाएकोमा सटर भाडामा बस्नेहरु सबैलाई ५० प्रतिशत घरभाडा छुटको घोषणा गरेका हुन् । व्यवसायीहरु कोरोनाको मारमा परेको र निषेधाज्ञामा व्यापार व्यवसाय पूर्णरुपमा ठप्प भएको भन्दै भाडामा ५० प्रतिशत छुटको घोषणा गरेका उनीहरुले बताएका छन् ।

कोरोना संक्रमणबाट मानव जाति नै संकटमा परेका बेला थोरै भए पनि मानवीय सहयोग होस् भनेर आफुहरुले यो अभियानको थालनी गरेको उनीहरुले बताउका छन् ।

संस्थाको केही दिन अगाडि मात्रै बसेको कार्यसमितिको बैठकले कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमणले गर्दा व्यवसाय पूर्णरुपमा सञ्चालन नभएको उल्लेख गर्दै ५० प्रतिशत घरभाडा छुट गर्न पनि घरधनीहरुलाई आग्रह गरेको थियो । संघको आग्रहपछि कंडेल र न्यौपानेले भाडा छुट दिने निर्णय गरेका हुन् ।
तिलोत्तमा चेम्बर अफ कमर्शले घरबहाल करमा पनि ५० प्रतिशत छुट गर्न सम्बन्धित निकायमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १० : २९ बजे

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने