१८ माघ २०८२, आइतबार | February 1, 2026

रुपन्देहीमा सुरु भयो घरभाडा छुट दिने अभियान, कंडेल र न्यौपानेद्वारा भाडा छुटको घोषणा



बुटवल। तिलोत्तमा चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष झविन्द्रप्रसाद कंडेल र संस्थाका द्वितीय उपाध्यक्ष नेत्रप्रसाद न्यौपानेले निषेधाज्ञा अवधिको घरभाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

कंडेल र न्यौपानेले करिव एक दर्जन व्यावसायिक सटर भाडामा लगाएकोमा सटर भाडामा बस्नेहरु सबैलाई ५० प्रतिशत घरभाडा छुटको घोषणा गरेका हुन् । व्यवसायीहरु कोरोनाको मारमा परेको र निषेधाज्ञामा व्यापार व्यवसाय पूर्णरुपमा ठप्प भएको भन्दै भाडामा ५० प्रतिशत छुटको घोषणा गरेका उनीहरुले बताएका छन् ।

कोरोना संक्रमणबाट मानव जाति नै संकटमा परेका बेला थोरै भए पनि मानवीय सहयोग होस् भनेर आफुहरुले यो अभियानको थालनी गरेको उनीहरुले बताउका छन् ।

संस्थाको केही दिन अगाडि मात्रै बसेको कार्यसमितिको बैठकले कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमणले गर्दा व्यवसाय पूर्णरुपमा सञ्चालन नभएको उल्लेख गर्दै ५० प्रतिशत घरभाडा छुट गर्न पनि घरधनीहरुलाई आग्रह गरेको थियो । संघको आग्रहपछि कंडेल र न्यौपानेले भाडा छुट दिने निर्णय गरेका हुन् ।
तिलोत्तमा चेम्बर अफ कमर्शले घरबहाल करमा पनि ५० प्रतिशत छुट गर्न सम्बन्धित निकायमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १० : २९ बजे

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि

सुक्खा पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध

रसुवा । रसुवा जिल्लाको टिमुरे-रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको

बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक-अभिभावकलाई लक्षित अटिजमसम्बन्धी अभिमुखीकरण सम्पन्न

बुटवल । बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्या समयमै पहिचान गर्न प्रारम्भिक

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न