२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आफ्नै गाउँमा डेरा खोज्न सास्ती



मेलम्ची । ‘‘यो बर्खामा बालुवामुनि पुरिएको घर कसरी खोज्न सकिएला र ? सम्भव नदेखेर डेरा खोज्न थालेका हौँ,’’ मेलम्ची नगरपालिका-११ का स्थानीय ठाकुरप्रसाद रिजाल भन्छन । असार १ गतेको बाढीले आफ्नो तीनतले घर पुरेपछि विद्यालयमा बसेका रिजाल अहिले मेलम्चीमै सुरक्षित ठाउँमा कोठा खोज्न थालेका छन ।

मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीसँगै सीतलादेवी माध्यमिक विद्यालय, भुमेस्थान आधारभूत विद्यालय र लोकतन्त्र आधारभूत विद्यालयमा बसेका बाढीपीडित सधैँ विद्यालयमा बसेर निर्वाह नचल्ने भएपछि डेरा खोज्न थालेका हुन । आफ्नै गाउँमा बाढीपीडित भएर डेरा खोज्नु पर्ला भन्ने उनीहरूले सपनामा पनि सोचेका थिएनन । केही दिनअघिसम्म मासिक हजारौँ रुपियाँ डेराभाडा उठाउने घरबेटीको अहिले डेरा खोज्नुपर्ने अवस्था उत्पन्न भएको छ ।

त्यहाँको सबैभन्दा ठूलो विद्यालय शीतलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक क्षेत्रप्रताप अधिकारीको संयोजकत्वमा गठित समितिले बाढीबाट क्षति पुगेको घर र जग्गा अभिलेखीकरणको कार्य सुरु गरेको मेलम्ची नगरपालिका-१०, का अध्यक्ष भक्तबहादुर खड्काले जानकारी दिए । ‘‘अहिलेसम्म हाम्रो वडाका १९ वटा घर ‘कोल्याप्स’ भएका छन्, ती घरमा बस्ने ५० भन्दा बढी परिवारको स्कुलमा बास छ,’’ अध्यक्ष खड्का थप्छन, “एक महिना अघिसम्म हजारौँ रुपियाँ घरभाडा उठाउने घरबेटी अहिले डेराको खोजीमा भौँतारिरहनुभएको छ ।”

सुरक्षित ठाउँमा डेरा भेट्टाउनै मुस्किल परेको गणेशप्रसाद रिजालले बताए । उनी व्यावसायिक रूपमा पशुपालन गरेर बसेकाले त्यसका लागि उपयुक्त ठाउँ र टहरो बनाउन सकिने ठाउँ खोजिरहेका छन । उनको गोठबाट चारवटा भैँसी र पाठापाठीको उद्धार गरिए पनि भाँडाकुँडा सबै बाढीले बगाएको छ ।

मेलम्ची नगरपालिकाभित्रकै बहुमूल्य घरजग्गा बगाएपछि वडाका ३५ परिवार घरविहीन भएको वडा नं ६ का अध्यक्ष जितराज थापाले बताए । दुई साताअघिसम्म अरूलाई डेरामा राख्ने मान्छेहरू अहिले आफैँ डेरा खोज्न थालेको थापाले बताए । मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीको सबैभन्दा धेरै चपेटामा परेको मेलम्ची नगरपालिका-११ का स्थानीयवासी डेराको खोजी गर्दै छन ।

कति दिन स्कुलमा बसेर गुजारा चलाउने भन्दै उनीहरू डेरा खोज्न थालेको वडाअध्यक्ष रुद्र दुलाल भन्छन । उनको वडामा पक्की र कच्ची अवस्थामा रहेका १५० घर पूर्ण रूपमा क्षति भएकाले अधिकांश डेराको खोजीमा लागेको बताए ।

‘‘अन्यत्रबाट आएर व्यवसाय गर्नेहरू आफ्नो ठाउँमा फर्कनुभएको छ, यहाँकै स्थानीयवासी भने डेरा खोज्न भौँतारिनुभएको छ,’’ दुलालले भने । मेलम्ची नगरपालिकाभित्र घरविहीन भएको र बाढीको उच्च जोखिममा रहेका एक हजारभन्दा धेरै मानिसलाई अहिले डेरा चाहिएको छ ।

मेलम्ची नगरपालिकाले क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरे पनि नेपाल रेडक्रस सोसाइटीले घरखेत बगाएको विवरण छिट्टै सङ्कलन गर्ने तयारीमा लागेको छ । आजको गोरखापत्र दैनिकमा केशवराज पौडेलले लेखेका छन ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ६ : ३१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार