१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

ताजा जनादेशमा जानु बाध्यकारी विकल्प : गृहमन्त्री पौडेल



बुटवल । संसद विघटन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी रहँदा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले संवैधानिक व्यवस्थाअनुसार नै संसद विघटन गरी निर्वाचनको मिति तोकिएको बताएर प्रधानमन्त्री केपी ओलीको संसद विघटनको निर्णयको बचाउ गरेका छन् । शनिबार बुटवलमा कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देस्यीय आयोजना कार्यालयको उद्घाटन गर्दै पौडेलले बाध्यकारी अवस्थामा संसद विघटन गर्नु परेको बताए । उनले सबैलाई निर्वाचनमा सहभागी हुन आह्वान गर्दै लोकतन्त्रको प्राण निर्वाचन भएकाले ताजा जनादेशबाटै मुलुकले निकास पाउने तर्क गरे ।

उनले ताजा जनादेशमा जानु बाध्यकारी विकल्प भएको दाबी गर्दै प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त नगरेको र संसदले नयाँ सरकार गठन गर्न नसकेकाले प्रतिनिधिसभा विघटन गरी बाध्यकारी विकल्पको रूपमा ताजा जनादेशमा जानु परेको स्पष्ट पारे ।

मन्त्री पौडेलले निर्वाचनअगावै सबैलाई खोप लगाइने दाबी गर्दै सरकारले नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।

‘विभिन्न देशका खोप उत्पादकहरूसँग सम्वाद, समन्वय गरेर खोप ल्याउँछौँ र निर्वाचनअघि सबै जनतालाई खोप लगाएर निर्वाचनमा जाँदा मास्क खोलेर मतदान गर्ने वातावरण मिलाउँछौँ,’ उनले भने ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  २ : ३६ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका