१२ असार २०८३, शुक्रबार | June 27, 2026

युरोकप फुटबल : वेल्सलाई पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश



काठमाडौं । डेनमार्क युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा पुगेको छ ।

नेदरल्याण्डस्थित योहान क्राएफ एरिना आम्स्टर्डममा शनिबार राति भएको प्रि-क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्समाथि ४-० को सानदार जित हासिल गर्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एकरएक गोल गरे । २७ औं मिनेटमा डोलबर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाए ।

पेनाल्टी क्षेत्र बाहिरबाट विंगर मिकेल डाम्सगार्डले दिएको पासमा डोलबर्गले गरेको प्रहारलाई गोलरक्षक ड्यानी वार्डले डाइभ दिएपनि जोगाउन सकेनन् ।

दोस्रो हाफमा सुरुवातमै डोलवर्गले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाए । वेल्सका निको विलियम्सको क्लिअरेन्स सिधै डोलबर्गको खुट्टामा पुगेको थियो । उनले ६ यार्ड बक्सबाट सहजै गोल गरे ।

८८ औं मिनेटमा माहेलले गोल गर्दै डेनमार्कलाई ३-० को अग्रता दिलाए । वैकल्पिक खेलाडी माथिअस जेन्सनले दिएको पासलाई माहेलले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गरेको प्रहार गोल भएको थियो ।

खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । माहेलमाथि खराब ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

त्यसपछि खेलको अन्तिम समयमा मार्टिनले गोल गर्दै डेनमार्कलाई ४-० को सानदार जित दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र वार्डलाई बिट गरेको प्रहार गोलमा परिणत भएको थियो । रेफ्रीले सुरुवातमा अफसाइड दिएपनि भिडियो असिस्टेन्स रेफ्री (भीएआर) रिभ्युबाट गोलले मान्यता पाएको थियो ।

यस जितसँगै डेनमार्क जारी युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ६ : २६ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३