१२ असार २०८३, शुक्रबार | June 27, 2026

युरोकप फुटबलमा आज यी दुई खेल हुँदै



काठमाडौं । जारी १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा आज दुई खेल हुँदैछ । नकआउट चरण अन्तर्गत आइतबार हुने पहिलो खेलमा नेदरल्याण्ड र चेक रिपब्लिक भिड्दै छन् ।

हंगेरीको पुस्कास एरेनामा हुने नेदरल्याण्ड र चेक रिपब्लिकबीच खेल नेपाली समयानुसार राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।

नेदरल्याण्डले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । युवा खेलाडी रहेको नेदरल्याण्ड समूह ‘सी’को विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । ३ खेलमा ९ अंक जोडेको थियो ।

समूह चरणको पहिलो खेलमा नेदरल्याण्डले युक्रेनलाई ३-२ले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नेदरल्याण्डले अस्ट्रियासँग २-० ले पराजित गरेको थियो । अन्तिम खेलमा नर्थ मेसोडोनियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड समूह विजेता बनेको हो ।

यता, चेक रिपब्लिक पनि बलियो मानिन्छ । समूह चरणमा चेक रिपब्लिकले ठुला देशसँग राम्रो प्रर्दशन गरेको थियो । चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोडेको थियो ।

समूह चरणको पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० ले पराजित गरेको थियो । चेक रिपब्लिकले दोस्रो खेलमा क्रोएसियासँग १-१ को बराबरी खेलेको थियो । तेस्रो खेलमा चेक रिपब्लिक इंल्याण्डसँग १-० ले पराजित भएको थियो ।

युवा खेलाडीको बाहुल्यता रहेको दुवै टिम अहिलेसम्म ११ पटक आमुनेसामुने भएका छन् । जसमा नेदरल्याण्ड ३ पटक विजयी भएको थियो भने चेक रिपब्लिक ५ पटक विजयी भएको थियो । ३ खेल बराबरीमा रोकिएको थियो ।

आजै हुने दोस्रो खेलमा बेल्जियम र पोर्चुगल भिड्दैछन् । स्पेनमा हुने बेल्जियम र पोर्चुगलबीचको खेल नेपाली समयानुसार राती १२:४५ बजे सुरु हुनेछ ।

बेल्जियम समूह ‘बी’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो । बेल्जियम राम्रो लयमा रहेको छ ।

समूह चरणमा शतप्रतिशत जित निकाल्ने क्रममा बेल्जियमले पहिलो खेलमा रुसलाई ३-० ले हराएको थियो । यस्तै, दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाई २-१ गोल अन्तरले नै हराएको थियो । अन्तिम खेलमा बेल्जियमले फिनल्याण्डलाई २-० ले हराएको थियो ।

पोर्चुगल पनि उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको हो । साविक विजेता पोर्चुगलले पहिलो खेलमा हंगेरीलाई ३-० ले हराएको थियो । तर, दोस्रो खेलमा जर्मनीसँग ४-२ ले पराजित भएको थियो । अन्तिम खेलमा फ्रान्ससँग २-२ को बराबरी खेल्दै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।

बेल्जियम र पोर्चुगलबीच अहिलेसम्म १८ पटक प्रतिस्पर्धा भएको छ । जसमा पोर्चुगलले ६ खेल जितेको छ भने बेल्जियमले ५ खेल । ७ खेल बराबरीमा रोकिएको छ ।

 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ८ : १८ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३