२५ चैत्र २०८२, बुधबार | April 8, 2026

प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदकको बहस सकिँदै, सरकारी पक्षले आजै बहस सुरु गर्ने



काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामाथि संवैधानिक इजलासमा आज पनि बहस हुँदैछ ।

आज शेरबहादुर देउवासहित १४६ जना रिट निवेदका तर्फबाट हुने बहस सकिँदैछ । पहिलो चरणमा बहसका लागि कुल १२ घण्टाको समय पाएको रिट निवेदकको २ घण्टा ३५ मिनेट समय बाँकी छ । आज वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतिसकृष्ण खरेल लगायतले बहस गर्दैछन् ।

लगातार ३ दिनसम्म बहस गरेका रिट निवेदकका कानूनव्यवसायीहरुले राष्ट्रपतिले १४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि संविधानको धारा ७६ ५ को आफुखुशी व्याख्या गरेर देउवालाई प्रधानमन्त्री नबनाएको जिकिर गरेका छन् । रिट निवेदकहरुले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिनुपर्ने र धारा ७६ ५ मा दलीय ह्वीप नलाग्ने व्यख्या गरिनुपर्ने बताएका छन् ।

निर्धारित समयमा बहस सकिएपछि विपक्षीको तर्फबाट बहस सुरु हुनेछ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाइएको छ । चिया समयपछि विपक्षीबाट बहस सुरु हुनेछ । महान्यायाधिवक्ता रमेश बडालले सरकारको तर्फबाट बहस गर्नेछन् । उनले सबैभन्दा लामो बहस गर्नेछन् । त्यसपछि महान्यायाधिवक्ताहरु र अन्य वकिलहरुले बहस गर्नेछन् । इजलासले विपक्षीलाई बहसका लागि १५ घण्टाको समय छ्ट्याएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते संविधानको धारा ७६ ५ अनुसार सरकार बन्न नसकेको बताएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन । त्यसविरुद्ध १४६ जना सांसदसहित ३० वटा अलगअलग रिट परेको थियो ।
रिटमाथि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ भैरहेको छ ।

 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ९ : २२ बजे

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना