१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

पोखरा महानगरका सेवा आजदेखि सञ्चालनमा



पोखरा । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम रोकथामका र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगर सबै सेवा आजदेखि सञ्चालनमा आउने भएका छन् ।

महानगरपालिका कार्यालय, महाशाखा, शाखा तथा ३३ वटै वडा कार्यालयमा सुरक्षाका मापदण्डको पूर्ण पालना गराउँदै सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताए । कोरोनाको दोस्रो लहर शुरु भएसँगै जारी निषेधाज्ञाका अवधिमा महानगरका अत्यावश्यक बाहेकका अन्य सेवा स्थगन गरिएको थियो ।

जिल्ला प्रशासन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा केही खुकुलो गरिएकाले सेवा पूर्णरूपमा सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । निषेधाज्ञाका कारण लामो समय सेवा बन्द हुँदा सेवाग्राही प्रभावित बनेका थिए ।

जिल्लाका अन्य कार्यालयले समेत सेवा शुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायातलगायतका अन्य कार्यालयले पनि कोटा निर्धारण गरेर सेवा शुरु गर्ने भएका छन् । केही कार्यालयले असार ११ गतेदेखि सञ्चालनमा आएको र अधिकांश आजदेखि सञ्चालन हुने जनाइएको छ ।

जिल्लास्थित कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धित कार्यालयको कामको प्रकृति र आवश्यकतालाई प्राथमिकीकरण गरी आलोपालो गर्ने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

कोभिड–१९ प्रकोपका कारणबाट हुने क्षति एवं सङ्क्रमणदरमा केही कमी भएको तथ्याङ्कबाट देखिएकाले जारी निषेधाज्ञाको आदेशलाई केही सहज र खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सङ्क्रमण रोकथाम र व्यवस्थापनका लागि जिल्लाभर यही असार १५ गते राति १२ः०० बजेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ । रासस

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : २४ बजे

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams

ब्रड पिक दुर्घटना अपडेट : उद्धार टोलीद्वारा चार शव फेला – अल्पाइन क्लब अध्यक्ष

काठमाडौं। पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेका आरोहीहरूको

धनुषामा मृत फेला व्यक्ति पूजारी नभएको प्रहरीको प्रष्टोक्ति

काठमाडौं । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका

ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पुर्जाको टोली खोज्न हेलिकोप्टर परिचालन

काठमाडौं। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत