४ पुस २०८२, शुक्रबार | December 20, 2025

पोखरा महानगरका सेवा आजदेखि सञ्चालनमा



पोखरा । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम रोकथामका र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगर सबै सेवा आजदेखि सञ्चालनमा आउने भएका छन् ।

महानगरपालिका कार्यालय, महाशाखा, शाखा तथा ३३ वटै वडा कार्यालयमा सुरक्षाका मापदण्डको पूर्ण पालना गराउँदै सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताए । कोरोनाको दोस्रो लहर शुरु भएसँगै जारी निषेधाज्ञाका अवधिमा महानगरका अत्यावश्यक बाहेकका अन्य सेवा स्थगन गरिएको थियो ।

जिल्ला प्रशासन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा केही खुकुलो गरिएकाले सेवा पूर्णरूपमा सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । निषेधाज्ञाका कारण लामो समय सेवा बन्द हुँदा सेवाग्राही प्रभावित बनेका थिए ।

जिल्लाका अन्य कार्यालयले समेत सेवा शुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायातलगायतका अन्य कार्यालयले पनि कोटा निर्धारण गरेर सेवा शुरु गर्ने भएका छन् । केही कार्यालयले असार ११ गतेदेखि सञ्चालनमा आएको र अधिकांश आजदेखि सञ्चालन हुने जनाइएको छ ।

जिल्लास्थित कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धित कार्यालयको कामको प्रकृति र आवश्यकतालाई प्राथमिकीकरण गरी आलोपालो गर्ने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

कोभिड–१९ प्रकोपका कारणबाट हुने क्षति एवं सङ्क्रमणदरमा केही कमी भएको तथ्याङ्कबाट देखिएकाले जारी निषेधाज्ञाको आदेशलाई केही सहज र खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सङ्क्रमण रोकथाम र व्यवस्थापनका लागि जिल्लाभर यही असार १५ गते राति १२ः०० बजेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ । रासस

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको