७ पुस २०८२, सोमबार | December 22, 2025

७६ (५) अनुसारको प्रधानमन्त्रीलाई समर्थन गर्दा सांसदलाई ह्वीप लाग्दैन : संविधानविद् आचार्य



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

आजको सुनुवाइमा बहस गर्दै रिट निवेदक पक्षका वकिल एवं संविधानविद् भीमार्जुन आचार्यले संविधानको धारा ७६को उपधारा ५ ले सांसदहरुलाई स्वविवेकीय अधिकार दिएको बताएका छन् ।

आचार्यले उपधारा ५ अनुसार प्रधानमन्त्रीलाई समर्थन गर्ने कुनै पनि सांसदलाई कुनै पनि दलले दल त्यागसम्बन्धी ऐनअनुसार कारबाही गर्न नसक्ने बताएका छन् ।

आचार्यले भने, ‘संविधानको धारा ७६ (५) को प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गर्दा राजनीतिक दल त्याग सम्बन्धी ऐन आकर्षत हुँदैन । दल त्यागसम्बन्धी ऐन आकर्षित हुनका लागि सांसदले राजीनामा दिएमा, अर्को पार्टी प्रवेश गरेमा वा अर्को पार्टी गठन गरेमा हुन्छ भन्ने व्यवस्था छ ।’ सांसदहरुलाई ह्वीप लगाउने उपधारा २ भएको उनले जिकिर गरे ।

आचार्यले उपधारा ५ले दलीय समर्थन प्राप्त गर्न सक्ने भएपनि सरकार बनाउन दलको समर्थन नभै सांसदको समर्थनको कुरा गर्ने बताए ।

आचार्यले राष्ट्रपति केपी शर्मा ओली मात्र प्रधानमन्त्री हुनुपर्छ भन्ने ढंगले अघि बढेको आरोप लगाए । ‘७६ (५) मा दाबी गर्न प्रधानमन्त्री पद रिक्त हुनै पर्छ। धारा ७६ (४) र धारा ७७ दुवै प्रक्रिया नगरी, पद रिक्त नगरी बदनियतका साथ नयाँ सरकार गठनको आह्वान भयो’, आचार्यले भने ।

उनले एउटै व्यक्ति संसदको एक कार्यकालमा सरकार बन्ने सबै संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री बन्न नसक्ने जिकिर गरे । उनले प्रश्न गरे, ‘संविधानका धारा ७६ का उपधारा १, २, ३ र ५ अनुसार प्रधानमन्त्री हुन मिल्छ ? यस्तो हुने भन्ने काहीँ लेख्या छ ?’

 

 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १ : २६ बजे

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी