७ आश्विन २०८३, बुधबार | September 23, 2026

७६ (५) अनुसारको प्रधानमन्त्रीलाई समर्थन गर्दा सांसदलाई ह्वीप लाग्दैन : संविधानविद् आचार्य



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

आजको सुनुवाइमा बहस गर्दै रिट निवेदक पक्षका वकिल एवं संविधानविद् भीमार्जुन आचार्यले संविधानको धारा ७६को उपधारा ५ ले सांसदहरुलाई स्वविवेकीय अधिकार दिएको बताएका छन् ।

आचार्यले उपधारा ५ अनुसार प्रधानमन्त्रीलाई समर्थन गर्ने कुनै पनि सांसदलाई कुनै पनि दलले दल त्यागसम्बन्धी ऐनअनुसार कारबाही गर्न नसक्ने बताएका छन् ।

आचार्यले भने, ‘संविधानको धारा ७६ (५) को प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गर्दा राजनीतिक दल त्याग सम्बन्धी ऐन आकर्षत हुँदैन । दल त्यागसम्बन्धी ऐन आकर्षित हुनका लागि सांसदले राजीनामा दिएमा, अर्को पार्टी प्रवेश गरेमा वा अर्को पार्टी गठन गरेमा हुन्छ भन्ने व्यवस्था छ ।’ सांसदहरुलाई ह्वीप लगाउने उपधारा २ भएको उनले जिकिर गरे ।

आचार्यले उपधारा ५ले दलीय समर्थन प्राप्त गर्न सक्ने भएपनि सरकार बनाउन दलको समर्थन नभै सांसदको समर्थनको कुरा गर्ने बताए ।

आचार्यले राष्ट्रपति केपी शर्मा ओली मात्र प्रधानमन्त्री हुनुपर्छ भन्ने ढंगले अघि बढेको आरोप लगाए । ‘७६ (५) मा दाबी गर्न प्रधानमन्त्री पद रिक्त हुनै पर्छ। धारा ७६ (४) र धारा ७७ दुवै प्रक्रिया नगरी, पद रिक्त नगरी बदनियतका साथ नयाँ सरकार गठनको आह्वान भयो’, आचार्यले भने ।

उनले एउटै व्यक्ति संसदको एक कार्यकालमा सरकार बन्ने सबै संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री बन्न नसक्ने जिकिर गरे । उनले प्रश्न गरे, ‘संविधानका धारा ७६ का उपधारा १, २, ३ र ५ अनुसार प्रधानमन्त्री हुन मिल्छ ? यस्तो हुने भन्ने काहीँ लेख्या छ ?’

 

 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १ : २६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई