१८ आश्विन २०८३, आइतबार | October 5, 2026

अरुण तेस्रोमा कार्यरत मजदूरको उपचारका क्रममा मृत्यु



संखुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका –४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले जानकारी दिए ।

कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका शाहीको विराटनगरको न्यूरो अस्पतालमा गए राति मृत्यु भएको उनले बताए । गम्भीर घाइते शाहीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर सिफारिस गरिएको थियो ।

गत असार १० गते राति मादक पदार्थ सेवन गरी विवाद बढ्दै गएपछि पटेल इन्जिनियरीङ कम्पनीका पेटी ठेकेदार कालिकोट महाबै गाउँपालिका –२ का ५० वर्षीय अर्जुन सिंहले साइट सुपरभाइजर शाहीलाई हम्बरले टाउकामा हानेर गम्भीर घाइते बनाएका थिए । कुटपिटमा संलग्न सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १ : ५९ बजे

कांग्रेस १५ औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन

उद्योगी व्यवसायीको राजनीतिमा महत्वपूर्ण भूमिका हुने

नेपालगन्ज । एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपालगन्जमा

तल्लो सिद्धबाबामा मोटरसाइकल दुर्घटनाहुँदा गुल्मीका युवकको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै

मंसिर १६-२७ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, ३२ खेल समावेश

सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय