१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

अरुण तेस्रो समयमै पूरा हुने



सङ्खुवासभा । निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको झन्डै आधा काम सकिएको छ । अहिलेसम्म ४५ प्रतिशत सकिएको र २४ सै घण्टा काम सुचारु भएकाले निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने निर्माण कम्पनी सतलज जलविद्युत् निगमले जनाएको छ ।

यो योजना वि.सं. २०८० भित्र सम्पन्न भइसक्नुपर्नेछ । २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले काठमाडौँबाट संयुक्त रूपमा शिलान्यास गरेका थिए ।

जम्मा ११.८ किलोमिटर सुरुङमध्ये ६.९ किलोमिटर खनिसकिएको छ । सुरुङभित्र प्लास्टर गरेर पाइपजस्तो बनाइने छ । उक्त कार्य पनि सुरु भई हाल ७० मिटर प्लास्टर भइसकेको छ । मकालु गाउँपालिका-५ को फ्याँक्सिन्दा दोभानमा बन्ने बाँध निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ ।

जम्मा २५.४२ लाख घनमिटर खाल्डो खन्नुपर्नेमा हालसम्म २१.७० लाख घनमिटर खाल्डो खनिसकिएको अरुण तेस्रोका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए । उनले बाँधबाट पावरहाउसतर्फ पानी पठाउने २३१ मिटरको निकास सुरुङसमेत निर्माण सम्पन्न भइसकेको जानकारी दिए ।

उता विद्युत् उत्पादन गृह चिचिला गाउँपालिका-३, पुखुवामा पनि पूूर्वाधार निर्माणको काम धमाधाम भइरहेको छ । विद्युत् उत्पादक कम्पनी सतलजका अनुसार विद्युत् उत्पादनको सम्पूूर्ण संरचना सुरुङभित्र नै बन्ने छ । जसका लागि एक लाख ५८ घनमिटर क्षेत्रफलको फराकिलो सुरुङ खन्नुपर्ने छ ।

त्यसमध्ये हालसम्म एक लाख २८ हजार घनमिटर खन्ने काम सम्पन्न भइसकेको अरुण तेस्रोका डिपुटी मेनेजर रमेशचन्द्र सुलेरियाले जानकारी दिए। त्यसबाहेक ५६ हजार आठ सय घनमिटरको ट्रान्समिटर राख्ने सुरुङसमेत निर्माण भइसकेको सुलेरियाले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा ध्यान कुलुङले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ६ : ५९ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका