२५ चैत्र २०८२, बुधबार | April 8, 2026

प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदकको बहस सकियो, सोमबारदेखि विपक्षीले बहस गर्ने



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ आज पनि जारी रह्यो ।

सुनुवाइका क्रममा रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदहरुको तर्फबाट सुनवाइ सकिएको छ । सुरुवाती चरणमा १२ घण्टाको समय पाएका रिट निवेदकहरुका तर्फबाट वरिष्ठ वकिलहरुसहित कैयौं वकिलहरुले बहस गरेका छन् ।

रिट निवेदकको तर्फबाट बसह गर्ने वकिलहरुले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दाबी गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिनुपर्ने माग गरेका छन् । बहसकर्ता वकिलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असंवैधानिक ढंगले काखी मात्र च्यापिरहेको आरोप लगाएका छन् । उनीहरुले धारा ७६५अनुसार प्रधानमन्त्रीमा समर्थन गरेका सांसदलाई दलीय ह्वीप लाग्न नसक्ने तर्क गरेका छन् ।

इजलासमा प्रधानन्यायाधीस चालेन्द्र शमशेर जबराले दिइएको १२ घण्टाको समय सकिएको बताएपछि अब बहस गर्ने पालो विपक्षीको सुरु भएको छ । विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र सभामुख अग्निप्रसाद सापकोटा लगायतको बहस सोमबारबाट सुरु हुने भएका छ ।

प्रधानन्यायाधीश जबराले इजलासमा यसबारे जानकारी दिँदै विपक्षीलाई १५ घण्टाको समयमा आफ्नो बहस सकाउन भनेका छन् । विपक्षीको बहस सकिएपछि चार जना एमीकस क्यूरीले दुई घण्टामा बहस गर्नेछन् । त्यसपछि पुनः रिट निवेदकका कानून व्यवसायीले प्रतिउत्तर बहस गर्नेछन् । बहसको यो चरण सकिएपछि मुद्दाको अन्तिम निर्णय इजलासले गर्नेछ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ३ : ५२ बजे

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण