७ आश्विन २०८३, बुधबार | September 23, 2026

राजदूतमा सिफारिस एमाले नेता युवराज कार्कीलाई नियुक्त नगर्न सर्वोच्चको आदेश



काठमाडौं । राजदूत बन्न एक पटक मन्त्री भएको व्यक्तिलाई स्नातक उत्तिर्ण हुन नपर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीसद्वय प्रकाश ढुंगाना र सपना प्रधान मल्लको इजलासले राजदूत बन्न एकपटक मन्त्री भएको व्यक्तिलाई स्नातक उत्तिर्ण हुननपर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । यससँगै बहराइनका लागि राजदूतमा सिफारिस गरिएका पूर्वमन्त्री एवं एमाले नेता युवराज कार्कीको राजदूत बन्ने बाटो बन्द भएको छ ।

मन्त्रिपरिषद्ले गत बैशाख २५ गते राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ लाई संशोधन गर्दै नेपाल सरकारको मन्त्रीको रुपमा सेवा गरिसकेको व्यक्तिहरुलाई मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक उपाधी हासिल नगरेपनि हुने निर्णय गरेको थियो ।

तर सर्वोच्चले यही असार ४ गते राजदूतमा सिफारिस हुने व्यक्तिको योग्यता सम्बन्धी मापदण्ड परिर्वतन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको थियो । सोही आदेशको अधारमा सर्वोच्चले आज अन्तरिम आदेश गरेको हो।

न्यायाधीसद्वय ढुंगाना र मल्लको आदेशमा युवाराज कार्कीको दाबी नपुगेको जनाइएको छ । आदेशमा लेखिएको छ, ‘…निर्देशिकाले तोकेको शैक्षिक योग्यता निजको हकमा prima facie रुपमा नै पुगेको नदेखिएकोले विपक्षी मध्ये युवराज कार्कीको हकमा मन्त्रिपरिषद्को २०७८ १ २५ मको मित्रराष्ट्र बहराइनको आवासीय राजदूत नियुक्तिको सिफारिस निर्णय यो निवेदनको अन्तिम टुंगो नलागेसम्मको लागि कार्यान्वयन नगर्नु नगराउन भनि सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) गत बमोजिम यो अन्तरिम आदेश जारी गरिदिएको छ ।’

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ५ : ३८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई