१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

केही युट्युबका कारण नागरिकलाई थप पीडा



काठमाडौं । केही समय पहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायब उपरीक्षक कोपिला चुडाललाई कोभिड सङ्क्रमण भएको थियो ।

आइसोलेसनमा रहँदा उनले खाली समयमा सामाजिक सञ्जाल हेरिन । युटुयुबमा सङ्क्रमितको मृत्यु भएको र पुर्नका लागि खाल्डो खनेको दृश्य देखेर आफू झसङ्ग भएको उनी बताउँछिन ।

चुडाल प्रहरी अधिकृत त्यसमा पनि प्रविधिको प्रयोगबाट हुने अपराध अनुसन्धान गर्ने जिम्मेवार तहमा रहेको व्यक्ति हुन । युट्युबलगायतका सामाजिक सञ्जालका सकारात्मक पक्ष हुँदाहुँदै कतिपयले त्यसको दुरुपयोग गर्दा धेरै नागरिकले अनाहकमा दुःख पाइरहेको उनको अनुभव छ ।

उनको शाखामा अहिले सबैभन्दा बढी चिठ्ठा, उपहार वा कुनै प्रोजेक्टका नाममा भइरहेको ठगीका घटना आइरहेको छ । दैनिक ५०/६० वटासम्म यस्ता घटना आइरहेको उनले बताए । उनले भने,‘नागरिक आफैँ जसले जे भनेको छ, त्यो पत्याउनेभन्दा त्यसका बारेमा बुझेर मात्र व्यवहार गर्नुपर्छ ।’

सामाजिक सञ्जालले नै कहिले आत्महत्या दुरुत्साहनको कारण बनेको त कहिले महिलाको चरित्र हत्या गरेको प्रनाउ चुडालको भनाइ छ । वैदेशिक रोजगारीमा गएका श्रीमानका श्रीमतीलाई ‘श्रीमान् विदेश गएपछि श्रीमती यस्तो’ भन्दै शिर्षक हालेर चरित्र हत्या भइरहेको छ । उनले भनिन्, ‘यस्ता घटना नियन्त्रणका लागि आचारसंहिता बनाएर कडाइका साथ लागू गर्न आवश्यक छ ।’

युट्युब भनेको के हो भन्ने नबुझ्ने महिला र किशोरीको दुरुपयोग गरेर ‘भ्युज’ बढाउने काम गरिरहेको सुर्खेतकी पत्रकार टीका बिष्टले बताइन । ग्रामीण क्षेत्रमा कतिपय महिलालाई एक-दुई हजार रुपैयाँ दिएर यसो बोल भनेर लगाएको समेत घटना भइरहेका छन ।

केही समय पहिले राउटे समुदायको महिलामाथि भएको यौन दुव्र्यवहारमा पनि ती महिलालाई सामाजिक सञ्जाल र त्यसको असरका बारेमा जानकारी नभएको उनले बताए । उनले भनिन्, ‘युट्युबलाई कि त सामाजिक सञ्जाल मात्रै हो मिडिया होइन भन्नुपर्छ, कि त अनुगमनको दायरामा ल्याउनुपर्छ ।’

महिला अधिकारका क्षेत्रमा कार्यरत संस्था उमन फाउण्डेसनकी गीता न्यौपानेले केही युट्युबले राम्रो काम गरेपनि कतिपयले सस्तो लोकप्रियताका लागि महिलालाई पीडा दिइरहको बताइन । कतिपय युट्युबले ग्रामीण क्षेत्रसम्म पुगेर धेरैका विचार र पीडा बाहिर ल्याउने काम गरिरहेको उनको भनाइ छ । उनले भनिन्, ‘यदि युट्युबले पीडितलाई थप पीडा दिएको अवस्थामा भने कडा कानून बनाएर कारवाही गर्नुपर्छ ।’

विराटनगरकी पत्रकार इन्दिरा भट्टराईले युट्युबले पीडितका परिवार र आफन्तलाई थप पीडा दिएको बताइन । कुनै पनि घटनाका कारण पीडामा परेका आफन्तजनलाई उनीहरु घटना कहाँ भयो, कसरी, कुन समय भन्दै केरेर थप पीडा दिइरहेको बताइन ।

चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष जीवन पराजुलीले कुनै पनि व्यक्तिले युट्युबले आफूलाई असर पुर्‍याएमा उजुरी गर्न सक्ने व्यवस्था रहेको बताए । अहिले आमसञ्चार माध्यम फेसबुक र युट्युबबाट नै चलिरहेकाले यसलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिनुपर्नेमा उनको जोड छ ।

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित कतिपय युट्युबले राम्रो काम गरिरहे पनि कतिपयले पीडितलाई थप पीडा दिएको बताइन । युट्युबमा महिलाको फोटो र नराम्रा शिर्षक प्रयोग गरेर चरित्र हत्या भइरहेको उनले औँल्याइन ।

नेपाल दूरसञ्चार संस्थानका अध्यक्ष पुरुषोत्तम खनालले सञ्चार तथा सूचना प्रविधि मनत्रालयले अघि बढाएको मिडिया काउन्सिल ऐन बनेपछि युट्युबलगायत सामाजिक सञ्जाललाई नियमन र आवश्यक भएमा कारवाही गर्न सकिने बताए ।

आमनागरिकमा पनि यसका बारेमा जानकारी गराउन आवश्यक रहेकामा उनले जोड दिए । उनले भने, ‘विद्यालयदेखि नै पाठ्यपुस्तकमा यी विषय समेट्न जरुरी छ ।’ रासस

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ९ : १९ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७