२१ मंसिर २०८२, आइतबार | December 7, 2025

युराेकप फुटबल : नेदरल्याण्ड्स अन्तिम १६ बाटै बाहिरियाे, चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश



काठमाडाैं । चेक रिपब्लिक युरोपेली च्याम्पियनसिप २०२० काे क्वाटरफाइनलमा पुगेकाे छ ।

हंगेरीकाे पुस्कास एरिनामा आइतबार राति भएकाे अन्तिम १६ काे खेलमा नेदरल्याण्ड्सलाई २-० ले पराजित गर्दै चेक क्वाटरफाइनलमा पुगेकाे हाे ।

अब चेकले क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्कले शनिबार वेल्समाथि ४-० को जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो ।

चेकका लागि टोमस होलेस र प्याट्रिक शिकले एक/एक गाेल गरे। पहिलो हाफमा गोलको थुप्रै अवसर सिर्जना गरेको नेदरल्याण्ड्सले दोस्रो हाफको सुरुवातमै डिफेन्डर म्याथिस डी लिग्टलाई गुमाएको थियो ।

डच टोली १० खेलाडीमा समेटिएपछि चेकले दबाब सिर्जना गर्दै दुई गोल गर्न सफल भयो । ५५ औं मिनेटमा टोलीका मुख्य डिफेन्डर लिग्टले हातले बल रोकेपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहायता लिँदै रेफ्रीले रातो कार्ड दिएका थिए ।

उनले पेनाल्टी क्षेत्रभित्र लडेपछि शिकलाई राेक्ने क्रममा हातले बल रोकेका थिए ।

६८ औं मिनेटमा चेक रिपब्लिकले होलेसको गोलमार्फत् अग्रता लियो । कर्नरमा टोमस कालासले दिएको हेडर पासलाई फार पोस्टमा अनमार्क रहेका होलेसले हेडरमार्फत् सहजै गोल गरे ।

८० औं मिनेटमा चेक रिपब्लिकले अग्रता दोब्बर बनायाे । होलेसले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दिएको पासलाई शिकले पहिलो टचमा नै गोल गर्दै चेकलाई क्वाटरफाइनल पुर्याए । उनको जारी प्रतियोगितामा यो व्यक्तिगत चौथो गोल हाे ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : ५५ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन