६ बैशाख २०८३, आइतबार | April 19, 2026

युराेकप फुटबल : नेदरल्याण्ड्स अन्तिम १६ बाटै बाहिरियाे, चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश



काठमाडाैं । चेक रिपब्लिक युरोपेली च्याम्पियनसिप २०२० काे क्वाटरफाइनलमा पुगेकाे छ ।

हंगेरीकाे पुस्कास एरिनामा आइतबार राति भएकाे अन्तिम १६ काे खेलमा नेदरल्याण्ड्सलाई २-० ले पराजित गर्दै चेक क्वाटरफाइनलमा पुगेकाे हाे ।

अब चेकले क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्कले शनिबार वेल्समाथि ४-० को जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो ।

चेकका लागि टोमस होलेस र प्याट्रिक शिकले एक/एक गाेल गरे। पहिलो हाफमा गोलको थुप्रै अवसर सिर्जना गरेको नेदरल्याण्ड्सले दोस्रो हाफको सुरुवातमै डिफेन्डर म्याथिस डी लिग्टलाई गुमाएको थियो ।

डच टोली १० खेलाडीमा समेटिएपछि चेकले दबाब सिर्जना गर्दै दुई गोल गर्न सफल भयो । ५५ औं मिनेटमा टोलीका मुख्य डिफेन्डर लिग्टले हातले बल रोकेपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहायता लिँदै रेफ्रीले रातो कार्ड दिएका थिए ।

उनले पेनाल्टी क्षेत्रभित्र लडेपछि शिकलाई राेक्ने क्रममा हातले बल रोकेका थिए ।

६८ औं मिनेटमा चेक रिपब्लिकले होलेसको गोलमार्फत् अग्रता लियो । कर्नरमा टोमस कालासले दिएको हेडर पासलाई फार पोस्टमा अनमार्क रहेका होलेसले हेडरमार्फत् सहजै गोल गरे ।

८० औं मिनेटमा चेक रिपब्लिकले अग्रता दोब्बर बनायाे । होलेसले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दिएको पासलाई शिकले पहिलो टचमा नै गोल गर्दै चेकलाई क्वाटरफाइनल पुर्याए । उनको जारी प्रतियोगितामा यो व्यक्तिगत चौथो गोल हाे ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : ५५ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय