२४ बैशाख २०८१, सोमबार | May 6, 2024

कोपा अमेरिका : ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो



काठमाडौं । जारी कोपा अमेरिका फुटबलमा ब्राजिल र इक्वेडरले बराबरी खेलेका छन ।

सोमबार बिहान सम्पन्न खेलमा १्१ गोलको बराबरी खेल्दै दुवै टिम क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो ।

खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको इक्वेडर दोस्रो हाफको सुरुमै खेलमा फर्कियो । खेलको ५३ औं मिनेटमा इक्वेडरका एन्जल मेनाले गोल गर्दै खेल बराबरीमा ल्याए।

बराबरीपछि ब्राजिल समूह ‘बी’ को विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गर्यो । ब्राजिलको ४ खेलमा १० अंक छ । समान चार खेलमा ३ अंक जोडेको इक्वेडर चौथो स्थानमा रहँदै क्वार्टर फाइनलमा पुगेको हो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ६ : ३० बजे

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।