१५ बैशाख २०८१, शनिबार | April 27, 2024

आजको मौसम : प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश तथा प्रदेश १ का केही स्थानमा आज बिहान वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसैबीच, काठमाडौंमा आज दिनभर मौसममा बदली रहने छ । काठमाडौंमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जानकारी दिएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ६ : ५८ बजे

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा