१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

आजको मौसम : प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश तथा प्रदेश १ का केही स्थानमा आज बिहान वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसैबीच, काठमाडौंमा आज दिनभर मौसममा बदली रहने छ । काठमाडौंमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जानकारी दिएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ६ : ५८ बजे

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams

ब्रड पिक दुर्घटना अपडेट : उद्धार टोलीद्वारा चार शव फेला – अल्पाइन क्लब अध्यक्ष

काठमाडौं। पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेका आरोहीहरूको

धनुषामा मृत फेला व्यक्ति पूजारी नभएको प्रहरीको प्रष्टोक्ति

काठमाडौं । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका

ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पुर्जाको टोली खोज्न हेलिकोप्टर परिचालन

काठमाडौं। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत