७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा उपचाररत ३ जना कोरोना संक्रमितको एकैरातमा मृत्यु



नेपालगन्ज । बाँकमा उपचाररत ३ जना कोरोना संक्रमितको गयराती मृत्यु भएको छ । दैलेख, प्युठान र दाङबाट उपचारका लागि बाँकेमा रहेका ३ जना संक्रमितको फरक फरक समयमा राती मृत्यु भएको हो ।

डीसीएमसी बाँकेका अनुसार असार १३ गते भेरी अस्पतालमा भर्ना भएका झिमरुक ३ प्युठानका ३८ वर्षिय पुरुष, असार ४ गते भेरी अस्पताल भर्ना भएका घोराही ११ दाङका ६८ वर्षि पुरुष र असार १० गते भेरी मै भर्ना भएका आठबिसकोट ४ दैलेखका ७३ वर्षिय पुरुषको राती मृत्यु भएको हो । उनीहरुको क्रमशः मध्यराती १ बजे, २ः३५ बजे र ३ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

आज मृत्यु भएसँगै बाँकेमा उपचाररत बाँके बाहिरका संक्रमितको मृत्युको संख्या ३६१ पुगेको छ । विगत केहिदिन देखि बाँके जिल्ला भित्रबाट कुनै संक्रमितको मृत्यु भएको छैन भने कोरोनाको दोस्रो लहर सुरुभएपछि आईतबार बाँकेमा कसैलाई पनि संक्रमण पुष्टि नभएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : २५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई