२० बैशाख २०८१, बिहिबार | May 2, 2024

माधव नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ? : ओली



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफुलाई बहुला कुकुरले नटोकेको टिप्पणी गरेका छन् ।

मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालमाथि खनिँदै ओलीले नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफुलाई बहुला कुकुरले टोकेको हुनुपर्ने बताएका हुन् । ओलीले नेपाल प्रचण्डको पुच्छर भएको आरोप लगए ।

दुई दिन अघि नेता नेपालले संचारकर्मीहरुसँगको अन्तक्र्रियामा आफुलाई फकाउन प्रधानमन्त्रीको प्रस्ताव आएको भन्दै आफुले सहयात्री दललाई धोका नदिने बताएका थिए । त्यसैको प्रतिवाद गर्दै ओलीले आज नेपाल प्रचण्डको मामुली कार्यकर्ता भएको आरोप लगाए । ओलीले भने, ‘माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन् । तर धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ? मलाई बहुला कुकुरले टोकेको छ र ? नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला।’’

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १ : ४७ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य