१६ बैशाख २०८१, आइतबार | April 28, 2024

अदालतमा हिंसालाई दुरुत्साहन गरियो : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसालाई दुरुत्साहन गर्ने गरी बहस हुँदा पनि सर्वोच्च अदालततले रोक्न नसकेको बताएका छन् ।

मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अदालतभित्रै हिंसालाई दुरुत्साहन गएिका बताएका हुन् । ओलीले आगामी दिनमा अदालतमा हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा हुन नहुने जनाउँदै प्रश्न गरे, “विद्वान अधिवक्तालाई आफ्नो भनाइ सम्हालिएर राख्न न्यायमूर्तिले भन्न सक्नुहुन्थेन र ?”

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतमा जारी सुनुवाइमा वरिष्ठ अभिवक्ता रमण श्रेष्ठले फ्रान्स र बेलायतमा भएका घटनाको उदाहरण दिएका थिए ।

यस्तै प्रधानमन्त्री ओलीले महात्मा गान्थीको हत्या गर्ने नाथुराम गोड्सेको खोजी गर्ने र नभेटिएमा आफँै गोड्से बन्न तयार हुने भनेर कांग्रेसका नेताहरुले भन्न थाल्नु प्रचण्डपथकै प्रभाव भएको तर्क राखे ।

विपक्षी गठबन्धनका नेताहरुलाई एकपछि अर्को चर्को आलोचना गरेका ओलीले प्रचण्डले छेपारोले रंग फेरे जस्तै फेरिरहने बताए ।
उनले प्रचण्डले बोलेको कुरामा मानिसहरु छक्क किन पर्दाहुन् भन्ने प्रश्न गर्दै भने ‘किन छक्क मान्ने ? छोपारोले रंग एकछिनमा फेर्छ त ।’ ओलीले प्रचण्डले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गरेको आरोप पनि लगाए । बाँदरमुढे घटना घटाएको, बैंक लुटेको, जघन्य अपराध गरेका मान्छे अहिले लोकतन्त्रको मसिहा बनेको ओलीले आरोप लगाए ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ३ : ०१ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म