१२ बैशाख २०८१, बुधबार | April 24, 2024

युरोकप फुटबल : क्रोएसिया पराजित गर्दै स्पेन क्वाटरफाइनलमा प्रवेश



काठमाडौं । अतिरिक्त समयमा २ गोल गर्दै स्पेन जारी युरोकप २०२० को क्वाटरफाइनलमा पुगेको छ ।

डेनमार्कको पार्केन एरिनामा सोमबार राति भएको खेलमा दुवै टोलीबाट निर्धारित समयमा ३-३ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको स्पेनले ३-१ को स्थितिबाट अन्तिम समयमा २ गोल खाएपछि खेल अतिरिक्त समयमा पुगेको हो ।

यद्यपि, अतिरिक्त समयमा २ गोल गर्दै स्पेनले समग्रमा ५-३ को जित आत्मसाथ गर्यो । २० औं मिनेटमा पेड्रीले मैदानको बीच भागबाट गोलरक्षक उनाइ सिमोनलाई दिएको पास गोल भएको थियो ।

उनले बल रोक्ने प्रयास गर्दा खुट्टामा लाग्दै पोस्टमा छिरेको थियो । युरोकपको यस संस्करणमा यो नवौं आत्मघाती गोल हो । ३८ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए । जोसे गायाको सुरुवाती प्रहारलाई गोलरक्षक लिभाकोभिचले विफल पारेपनि रिबाउन्डमा सराबियाले गोल गरे ।

दोस्रो हाफमा स्पेनले आफ्नो आक्रमणलाई जारी राख्दै २ गोलको अग्रता लिएको थियो । तर, क्रोएसिया अन्त्यतिर दुई गोल गर्दै खेलमा फर्कियो । ५७ औं मिनेटमा सेजार एज्पिलिक्वेटाले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाएका थिए । फेरान टोरेसको क्रसमा उनले हेडरमार्फत् गोल गरेका थिए। यो उनको करिअरको पहिलो अन्तर्राष्ट्रिय गोलसमेत हो ।

७२ औं मिनेटमा अल्भारो मोराटाले अग्रता दोब्बर पारेपनि भीएआरले गोललाई मान्यता दिएन । मोराटाले सहज गोल गरेपनि उनी बल आउनुअघि नै गोललाइन नजिक रहेकाले भीएआरले अफसाइडको निर्णय दिएको थियो ।

त्यसको ५ मिनेटपछि स्पेनले अग्रता दोब्बर पार्यो । पाउ टोरेसको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ढंगले नियन्त्रणमा लिँदै फेरान टोरेसले गोल गरेका थिए । ८५ औं मिनेटमा ६ यार्ड बक्सभित्र मिस्लाभ ओर्सिचले गोल गर्दै क्रोएसियालाई ३(२ को स्थितिमा ल्याए ।

लगातार एकपछि अर्को प्रहार गरेको क्रोएसियाको प्रहार स्पेनिस डिफेन्सले क्लिअर गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले ओर्सिचको प्रहारलाई एज्पिलिक्वेटाले पोस्टभित्र छिरेर रोकेपछि गोलको मान्यता दिएको थियो । इन्ज्युरी समयको दोस्रो मिनेटमा मारिओ पासलीचले गोल गर्दै खेल ३(३ को बराबरीमा ल्याए । उनले मिस्लाभ ओर्सिचको क्रसलाई हेडरमार्फत् गोल गरेका थिए ।

खेलको १ सयौं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई पुनस् अग्रता दिलाए । ड्यानी ओल्मोले दायाँ विंगबाट दिएको क्रस मोराटाले पहिलो टचमा नियन्त्रणमा लिँदै भलीमार्फत् गोल गरे । त्यसको तीन मिनेटपछि मिकेल ओयाराज्बालले पेनाल्टी क्षेत्रभित्र गरेको प्रहार गोलमा परिणत भयो । ओल्मोले दिएको लो क्रसलाई ओयाराज्बालले सदुपयोग गरेका थिए ।

स्पेन समूह ‘ई’ को उपविजेता र क्रोएसिया समूह ‘डी’को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । समूह चरणको पहिलो खेलमा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा पोल्याण्डसँग १-१ को बराबरीमा रोकिपछि स्पेनलाई अन्तिम खेल जित्नैपर्ने थियो ।

स्पेनलले अन्तिम खेलमा स्लोभाकियालाई ५-० को पराकिलो अन्तरले पराजित गर्दै नकआउटमा स्थान बनाएको थियो । क्रोएसिया पहिलो खेलमे इंग्ल्यान्डसँग १-० ले पराजित भएको थियो ।

दोस्रो खेलमा चेक रिपब्लिकसँग १-१ को बराबरी खेलेको क्रोएसियाले अन्तिम खेलमा स्कटल्याण्डलाई ३-१ ले हरायो । अब स्पनेले क्वाटरफाइनलमा फ्रान्स र स्विट्जरल्यान्डको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ८ : ३५ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल