१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

कोपा अमेरिका : अर्जेन्टिनाद्वारा बोलिभिया पराजित



काठमाडौं । जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ ।

मंगलबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४-१ गोल अन्तरले हराएको हो ।

अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनल मेस्सीले दुई गोल गरे भने अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक/एक गोल गरे । खेलको छैटौं मिनेटमै गोमेजको गोलमा अग्रता बनाएको अर्जेन्टिनाले पहिलो हाफमा थप दुई गोल गरेको थियो । मेस्सीले खेलको ३३ औं र ४२ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ६० औं मिनेटमा इर्विन सावेद्राको गोलको मद्दतले बोलिभिया खेलमा फर्कन खोजे पनि पर्याप्त बनेन । खेलको ६५ औं मिनेटमै मार्टिनेजले गोल गर्दै खेल ४-१ को स्थितिमा पुर्याए । त्यसपछि कुनै टोलीबाट गोल हुन सकेन ।

जितसँगे समुह एको अर्जेन्टिना ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया भने अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ९ : ३२ बजे

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ

ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी नियन्त्रणमा

पुल्चोकस्थित दाउरा थकालीमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको

३८ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२