२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

कोपा अमेरिका : काभानीको गोलमा उरुग्वे विजयी



काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत मंगलवार बिहान सम्पन्न अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १-० गोलले पराजित गरेको छ ।

ब्राजिलको रियो डे जेनेरोमा सम्पन्न दक्षिणी समूहको अन्तिम खेलमा सर्वाधिक कोपा अमेरिका विजेता उरुग्वेले पाराग्वेलाई पराजित गरेको हो ।

उरुग्वेका लागि स्ट्राइकर एडिनसन काभानीले खेलको २१ औं मिनेटमा गोल गरे । इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी काभानीले पेनाल्टी गोल मार्फत उरुग्वेलाई अग्रता दिलाएका थिए ।

खेलको निर्धारित ९० मिनेटसम्म अरु कुनै गोल हुन नसक्दा उरुग्वेले महत्वपूर्ण जित दर्ता गरेको हो । यस अघि दक्षिणी समूहको चौथो स्थानमा रहेको उरुग्वेले यस जित पश्चात् ४ खेलमा ७ अंक बटुल्दै दोस्रो स्थान ओगटेको छ ।

क्वार्टर फाइनल खेलमा अब उरुग्वेले कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ भने पाराग्वेलाई पेरुको चुनौती रहेको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : ०९ बजे

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।