६ बैशाख २०८३, आइतबार | April 19, 2026

कोपा अमेरिका : काभानीको गोलमा उरुग्वे विजयी



काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत मंगलवार बिहान सम्पन्न अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १-० गोलले पराजित गरेको छ ।

ब्राजिलको रियो डे जेनेरोमा सम्पन्न दक्षिणी समूहको अन्तिम खेलमा सर्वाधिक कोपा अमेरिका विजेता उरुग्वेले पाराग्वेलाई पराजित गरेको हो ।

उरुग्वेका लागि स्ट्राइकर एडिनसन काभानीले खेलको २१ औं मिनेटमा गोल गरे । इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी काभानीले पेनाल्टी गोल मार्फत उरुग्वेलाई अग्रता दिलाएका थिए ।

खेलको निर्धारित ९० मिनेटसम्म अरु कुनै गोल हुन नसक्दा उरुग्वेले महत्वपूर्ण जित दर्ता गरेको हो । यस अघि दक्षिणी समूहको चौथो स्थानमा रहेको उरुग्वेले यस जित पश्चात् ४ खेलमा ७ अंक बटुल्दै दोस्रो स्थान ओगटेको छ ।

क्वार्टर फाइनल खेलमा अब उरुग्वेले कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ भने पाराग्वेलाई पेरुको चुनौती रहेको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : ०९ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय