१९ माघ २०८२, सोमबार | February 2, 2026

प्रधानन्यायाधीसले राखे जिज्ञासा : विश्वासको मत प्राप्त गरेको नगरेको घोषणा त संसदबाट हुने होला नि



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज पनि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

सरकार पक्षका वकिलहरुले आज बहस गरिरहेका छन् । आजको पहिलो बहस नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले गरिरहेका छन् । दुई घण्टा समय पाएका पाण्डेयले प्रधानमन्त्रीले विश्वासको मत पाउन नसक्ने पक्का भएपनि धारा ७६को ४ अनुसार विश्वासको मत नलिएको बताएका छन् । उनले भने, ‘विश्वासको मत नपाउने अवस्था भएपछि नलिनुभएको हो ।’

पाण्डेयले पहिले नै टेस्टेड भैसकेको हुनाले प्रधानमन्त्रीले विश्वासको मत लिन नचाहेको जिकिर गरे । त्यसअघि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाले विश्वासको मत प्राप्त गरेको र नगरेको घोषणा त सांसदबाट हुने होला नि भन्दै प्रश्न गरेका थिए । राणाले पाण्डेयलाई सोधे, ‘यो प्रक्रिया छल्न पाइन्छ र ? यसको घोषणा गर्ने त संसदले होला नि।’

हिजोबाट सरकार पक्षबाट बहस सुरु भएको हो । हिजो महान्यायाधिवक्ता रमेश बडालले ३ घण्टा २० मिनेट बहस गरेका थिए । उनले शेरबहादुर देउवाले जालसाझी गरेर प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १२ : ४२ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका